जनउत्थान लघुवित्तको मूल्यमा समायोजन, पहिलो कारोबारमै सर्किट
वि.सं.२०७८ वैशाख २३ बिहीवार
काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको शेयरमूल्यमा समायोजन पछि पहिलो कारोबारमै सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको बोनस शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
इन्स्योरेन्सको ४९.४ प्रतिशत बोनस शेयरपछिको सेयर मूल्य समायोजन भएको हो । प्रतिकित्ता ३६११ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।
कम्पनीको मूल्य समायोजन पछि पहिलो कारोबारमै सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात ३६१ रुपैयाँले बढेपछि सकरात्मक सर्किट लागेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण अझै प्रकाशन गरेको छैन । यद्यपी कम्पनिको विगतको रिपोर्ट हेर्दा यो त्रैमासको रिपोर्ट पनि राम्रै आउने देखिन्छ । त्यसैले बजारमा यसको माग बढेको हो ।
प्रकाशित समय : ०५:४० बजे