back

नाडाको अध्यक्षमा चौधरीद्वारा उम्मेद्वारी घोषणा

काठमाडौँ । अटो मोबाइल व्यवसायीको छाता संस्था अटो मोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को अध्यक्ष पदकालागि करण चौधरीले उम्मेद्वारी घोषणा गरेका छन् । आगामी मंसिर २२ र २३ गते काठमाडौंमा हुने ४५ औं अधिवेशनका लागि चौधरीले झापाको बिर्तामोडबाट उम्मेद्वारी घोषणा गरेका हुन् ।

मेची अटो मोवाइ डिलर्स एशोसिएशनले आयोजना गरेको कार्यक्रमकाबीच चौधरी नेतृत्वको समूहले सामुहिक उम्मेद्वारी घोषणा गरेको थियो । चौधरीको नेतृत्वमा सदस्य पदका लागि राजनबाबु श्रेष्ठ, अभिक ज्योति, सुरेन्द्रकुमार उप्रेती, अनुप बराल, विक्रम सिघांनिया, पंकज अग्रवाल, निलमणि पाठक, गंगाराज भट्टराई, प्रकाश कपुरीले उम्मेद्वारी घोषणा गरेका हुन् ।

अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार चौधरीले आफ्नो नेतृत्वमा उम्मेद्वारीको नामावली सार्वजनिक गर्दै देशभरका समग्र अटो मोवाइल क्षेत्रका सबै व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

नाडाका केन्द्रीय अध्यक्ष कृष्ण दुलालले नाडालाई आफ्नो पहलमा देशव्यापी रुपमा विस्तार गरेको बताएका छन् । उनले अटो मोवाइल व्यवसायीको हितका लागि नाडाले काम गर्दै आएको र सरकारलाई कुल राजस्वको २५ प्रतिशत योगदान आफूहरुको रहेको बताएका थिए । दुलालले चौधरी नेतृत्वको टिमलाई सहयोग गरेर नाडाको नेतृत्व तहमा पु¥याउन आग्रहसमेत गरे ।

नेपालमा ४० हजार सवारी साधन रहेको र त्यसमा ८० प्रतिशत दुई पाङ्ग्रे सवारी रहेको बताउँदै नेपालमा अझै पनि थोरै मानिसले मात्रै चार पाङ्ग्रे सवारी साधान उपयोग गर्दै आएको धारणा राखे । अध्यक्ष दुलालले वर्षौ पुराना सडकका कारण नेपालमा धेरै सवारी देखिएको तर, सबैको पहुँचमा अझैपनि सवारीसाधन पुग्न नसकेको धारणा राखे ।

nactional life
Corporatebazar 11 Anniversary

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३५

काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ...