back

एशियाकै उत्कृष्ट पहिलो नेपाली बैंक बन्यो एनएमबि

nactional life

काठमाडौँ । एनएमबि बैंक एशियाकै उत्कृष्ट पहिलो नेपाली बैंक बनेको छ । बैंकलाई बेलायतको लण्डनबाट प्रकाशित हुने प्रशिद्ध म्यागजिन दि बैंकर निर्णयक मण्डलले “दि बैंक अफ दि इयर एसिया–२०२१” अवाडको लागि छनोट गरेको हो ।

विश्वका उत्कृष्ट बैंकहरुलाई १०३ वर्ष अघिदेखि द फाईनान्सियल टाइम्सको द बैंकर म्यागेनिले प्रदान गर्दै आएको उक्त अवार्ड अहिले एनएमबि बैंकले पाएको हो । यो सँगै उक्त अवार्ड पाउने नेपालको पहिलो बैंक एनएमबि बनेको छ । एशियाका ४८ देशका बैंकलाई पछि पार्दै एनएमबिले उक्त अवार्ड प्राप्त गरेको छ ।

“द बैंक अफ द इयर–२०२१” को उपाधि पनि एनएमबिलाई नै

बैंक अफ दि इयर एसिया बन्न सफल यो बै.क “द बै.क अफ द इयर–२०२१” पनि बन्न सफल भएको छ । राजधानिमा पत्रकार सम्मेलन गर्दै बैंकका सञ्चालक पवन गोल्यानले यो अवार्डको अर्थ थप उत्साह र जिम्मेवारी पनि रहेको बताए । उनले सम्पूर्ण एनएमबि टिमलाई धन्यवाद दिँदै यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै बैंकका कार्यकारी अघिकृत सुनिल केसीले १३ वर्षको बैंकिङ करियरमा बैंक यो उपलब्धिको योग्य हुनु धेरै गर्वको कुरा भएको बताए ।

यस्तो छ बैंकले अवार्ड जित्नुको राजः
बैंकले विगतका वर्षहरुदेखि नै संस्थागत गर्दै गइरहेको दीगो बैंकिङ्गको अभ्यास, डिजिटल रुपान्तरण प्रतिका लागि प्रतिवद्धता तथा उच्च संस्थागत सुशासनका कारण पनि उक्त अवार्ड प्राप्त गरेको हो । अर्थतन्त्रका वास्तविक क्षेत्र तथा हरित परियोजनाहरुमा गरेको लगानीका साथै दीगो तथा मूल्यमान्यतामा आधारित बैंकिङ्ग अभ्यासहरुप्रतिको समग्र प्रतिबद्धतालाई सम्मान गर्दै एनएमबि बैंकलाई यो उपाधि प्रदान गरिएको हो । बैंकले नेपाली बैंकिङ्ग उद्योगमै पहिलोपल्ट स्थानीय ऋणपत्र जारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कलबाट केवासी अपडेट गर्ने सुविधा ल्याउने र ‘एनएबि सापटी’ मार्फत २४ घण्टामा बिना झण्झट सापटी कर्जा प्रवाह गर्ने कार्यहरु गर्दै आएको थियो ।

के हो बैंक अफ दि इयर अवार्डः
बैंक अफ दि इयर अवार्ड सन् १८८८ मा स्थापित विश्व प्रतिष्टित दि फाइनान्सियल टाइम्स लण्डनद्धारा प्रकाशन गरिने दि बै.कर म्यागेजिनले हरेक वर्ष विश्वभरिका प्रत्येक राष्ट्रमा सञ्चालनमा रहेका बैंकहरुमध्ये एक सर्वाेत्कृष्ट बैंक चन गरि दिईने वित्तीय क्षेत्रको अन्तराष्ट्रिय सम्मान हो । सन् २००० बाट शुरु गरिएको बैंक अफ दि इयर अवार्ड प्रत्येक देशका सर्वाेत्कृष्ट बैंक तथा यीनै सर्वाेत्कृष्ट बैंकहरुमध्ये पश्चिम यूरोप, मध्य तथा पूर्वी यूरोप, एसिया, अमेरिका महादेश, मध्य पूर्व तथा अफ्रिका गरि ६ विश्वव्यापि क्षेत्रहरुका १–१ बैंकहरु गरि ६ वटा बै.कलाई क्षेत्रिय स्तरको सर्वाेत्कृष्ट बै.क र विश्ववपि विजेताको रुप्मा १ सर्वाेत्कृष्ट बैंकलाई मात्र प्रदान गरिन्छ ।

यी हुन् अवार्ड छनोटका आधारहरुः
बैंक अफ दि इयर उपाधि विजेता छनौटका आधार भनेको बैंकहरुको समग्र वित्तिय प्रदर्शन तथा वृद्धि, रणनैतिक पहलहरु, प्रविधिको सदुपयोग तथा डिजिटलाइजेशनको अगंता, नवीन बैंकिङ्ग सुविधाहरुको विकास, दीगो बैंकिङ्गका पहलहरुका सार्थ नकारात्मक बाह्य चुनौतिहरुको सामाना गर्न सक्ने लचिलो तथा द्रूत व्यावस्थापन जस्ता विभिन्न मूल्यांकन मापदण्डहरु हुन् ।

विगतका वर्षहरुमो उक्त अवार्ड जित्ने बैंकहरुः
१.विगत तीन वर्षमा वुरी बैंक (दक्षिण कोरिया, कुल सम्पत्ति तीन सय अर्ब अमेरिकि डलर), एग्रिकल्चर बै.क अफ चाईना (चिन, कुल सम्पत्ति ३,३०० अर्ब अमेरिकि डलर), डिबिएस बैंक सिंगापुर रहेका थिए ।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १५:०६

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित...

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार १७:०२

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

वि.सं.२०८३ जेठ २४ आइतवार १६:२२

काठमाडौँ। नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पीटुपी) रेमिट्यान्स सेवा सुरु...