back

दुई दिन मोबाईल बन्द हुने हो भने धेरै डिप्रेसनमा जान्छन्ः अर्थमन्त्री शर्मा

nactional life

काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्माले दुई दिन मोबाईल बन्द हुँदा धेरै व्यक्ति डिप्रेसनमा जाने अवस्था आउन सक्ने बताएका छन् । अर्थमन्त्री शर्माले नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

शर्माले अहिले परिपेक्षमा गास, बास, कपासपछि मोबाईल अत्यावस्यक वस्तु भएको धारणा व्यक्त गरेका छन् । उनले व्यक्ति, संस्था, व्यवसायमात्र नभर राज्य पनि मोबाइलबाटै सञ्चालित भएको तर्क राखे । उनले लकडाउनमा मोबाइलले गर्दा मात्रै पठनपाठनलाई निरन्तरता दिन सकेको कुरा समेत सम्झाए ।

साथै अर्थमन्त्री शर्माले मोबाईल वितरक संघलाई व्यवसायलाई नाफा मुलक मात्रै नभएर सेवामुलक बन्न पनि आग्रह गरे । मोबाईलको व्यापार चलिरहँदा अझै पनि मोबाइलमा रहेका आवश्यक फिचर्सहरु सम्बन्धमा धेरै उपभोक्ताको ज्ञान कम भएको उनले बताए ।

मोबाईलको व्यापार बढ्नु तर त्यहाँ भएको सेवा पूर्णरुपमा लिन नसक्नु दुखद रहेको बताए । उनले भने ‘आजको विकसित प्रबिधिललाई सञ्चालन गर्ने चुनौति बढ्दो छ, प्रविधि सञ्चालन गर्न मान्छे चाहिन्छ ।’

उनले थपे ‘मैले पनि फोन उठाउने र बेला बेला समाचार हेर्ने मात्रै गर्छु अरु खासै केही गर्दिन, तर मोबाईल हातमा भएपछि मोबाईलमा भएका सबै प्रकारका एप्स तथा सफ्टवयेरहरु चलाउन जान्ने हुनु पर्छ ’ उनले भने ।

सरकारले राष्ट्र र जनताको हितमा भईरहेको काममा सरकार कहिले पनि अवरोध सिर्जना नगर्ने प्रतिबद्धता जनाउँदै मोबाईल व्यावसायीहरुलाई ठुक्कले व्यावसाय गर्न आग्रह गरे । उनले भने वैद्य रुपमा भएको व्यवसायलाई सरकारले कुनै पनि हालतमा निरुत्साहीत गर्ने काम नगर्ने बताए । अहिले राजनीति पनि मोबाइलबाट चलेको छ फेरी मोबाईलको व्यावसायमा नै धक्का गर्न नमिल्ने बताए । उनले भने ‘अहिले भर्खरै पार्टीको महाधिवेशन चलिरहेको छ। मोबाइलमा फोन गर्दै भोट हाल्नु है भन्दै अधिवेशन फोनबाट नै चलेको छ, अहिले राजनीति नै मोबाइलमा आत्मनिर्भर भएकाले भोलिका दिनमा सरकारले मोबाइल व्यवसायलाई केही समस्या होला कि भनेर व्यवसायीहरु त्रसित हुनुपर्दैन।’
सरकारले डिजिटल नेपालको परिकल्पना गर्दै गर्दा मोबाईल यसको प्रमुख आधार रहेको बताउँदै मोबाइल व्यावसायमा कुनै पनि किसिमको अवरोध नल्याउने उनले बताए ।

उनले भने ‘हामी तपाईहरुको व्यवसायलाई निरुत्साहीत पार्ने कुनै काम गर्दैनौँ बरु समस्या बताउनुस सरकार सहयोग र सहजिकरण गर्न सधै तत्पर छ ।’ उनले राष्ट्र र राष्ट्रको हित विपरित रहेर अवैध रुपमा रूपमा मोबाइल आइरहेको जिकिर गर्दै यसको अन्त्य गर्ने बताए । उनले भने ‘अवैध कारोबारले गर्दा राजस्वमा क्षति भइरहेको छ, त्यो रोक्नका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न निर्देशन दिएको छु।’

नेपालमै बन्दै मोबाइलफोन

अर्थमन्त्री शर्माले नेपालमै केही युवाहरुले नेपाली मोबाइल उत्पादन गर्न लागेको बताएका छन् । अर्थमन्त्री शर्माका अनुसार ‘मेरो मोबाइल’ नामक नेपाली ब्राण्डको मोबाइल उत्पादन हुन लागेको हो ।
उनले भने “अहिले एउटा नेपाली मोबाईल म्यानिफ्याक्चर गर्न लागिरहेका छन्, मैले उहाँहरुलाई भने ‘तपाईहरु गर्नुस् के सहयोग चाहिन्छ भन्नुस सरकार सहयोग गर्न तत्पर छ’ भनेर मैले भनेको छु । मेरो मोबाईल भनेर उहाँहरुले तयार गर्दै हुनुहुन्छ हामी केही महिनामै बजारमा ल्याउँछाँै भन्नु भएको छ ।”

शर्माले संघलाई उत्पादन तर्फ पनि ध्यान दिन आग्रह गरे । साथै कार्यक्रममा उपस्थित रहेका नविल बैंकका सिईओलाई हेर्दै शर्माले यस्ता उत्पादनका क्षेत्र बैंकले खोजि खोजि आर्थिक सहयोग गर्न समेत आग्रह गरेका हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

वि.सं.२०८३ जेठ २४ आइतवार ११:१६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना समाप्त...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...