back

इप्पानको २४औं साधारणसभा तथा आठौं अधिवेशन जेष्ठ २९ गते, विधान संशोधनबारे विवादको खण्डन

nactional life

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी २०८३ साल जेष्ठ २९ गते २४औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन आयोजना गर्ने भएको छ । संस्थाका अनुसार इप्पानमा हाल ७०० भन्दा बढी कम्पनी सदस्य रहेका छन् । साधारणसभा र अधिवेशन वैधानिक प्रक्रिया अनुसार गर्न लागिएको संस्थाले जनाएको छ । इप्पानले २०८० साल जेष्ठ ३२ गते सम्पन्न २१औं साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो । सो समितिले २०८२ साल जेष्ठ २९ गते संस्थालाई महासंघको रूपमा रूपान्तरण गर्ने प्रस्तावसहित मस्यौदा प्रतिवेदन पेश गरेको जनाएको छ ।

त्यसपछि २०८२ साल असार ३१ गते सम्पन्न २३औं साधारणसभाले उक्त प्रतिवेदनमाथि छलफल गर्दै कार्यान्वयनका लागि संस्थाका अध्यक्षलाई अधिकार दिएको थियो । तर पछि २०८३ साल वैशाख ४ गते सम्पन्न २००औं कार्यसमिति बैठकले इप्पान विधान २०७८ अनुसार नै २४औं साधारणसभा तथा आठौं अधिवेशन गर्ने निर्णय गरेको जनाएको छ ।

त्यस्तै, २०८३ साल जेष्ठ २५ गते सम्पन्न २०३औं बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने, अध्यक्ष पदका लागि एक कार्यकाल कार्यसमितिमा बसेका योग्य सदस्यले उम्मेदवारी दिन सक्ने र अन्य सबै पद खुला प्रतिस्पर्धाबाट चयन हुने व्यवस्था गर्न लागिएको इप्पानले जनाएको छ ।

इप्पानले संस्थाका उपमहासचिव प्रकाशचन्द्र दुलालले विधान गायब भएको तथा साधारणसभा विधानविपरीत हुन लागेको भन्ने आरोप लगाएकोप्रति कडा आपत्ति जनाउँदै त्यसको खण्डन गरेको छ ।

संस्थाले विधान संशोधन मस्यौदा तथा सम्बन्धित प्रतिवेदन सचिवालयमा सुरक्षित रहेको स्पष्ट पार्दै गलत प्रचारप्रति भ्रममा नपर्न आग्रह गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार निर्धारित मिति अनुसार साधारणसभा तथा अधिवेशन वैधानिक रूपमा आयोजना हुने र सबै सदस्यलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार १६:२५

काठमाडौँ । एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरुको...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २४ आइतवार १०:५८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ...

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

वि.सं.२०८३ जेठ २१ बिहीवार २१:५६

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...