back

यी पाँच कम्पनी परे गुणस्तर विभागको कारावाहीमा

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले पाँच कम्पनीलाई कारहबाही गरेको छ । अनुगमनको क्रममा कम गुणस्तरका सिमेन्ट उत्पादन गर्ने उद्योगसहित ५ कम्पनीलाई कारबाही गरेको विभागले जनाएको हो ।

विभागका अनुसार मारुती सिमेन्ट, युनाइटेड सिमेन्ट र जगदम्बा सिमेन्ट उद्योगसहित धनुषाको जानकी केवल प्रालि र बारामा रहेको श्री ग्यास वान नेपाल प्रालि कारबाहीमा परेका हुन् ।

मारुती सिमेन्ट उद्योगले गुणस्तर ५७२ बमोजिम नरहेको भन्दै विभागले ओपिसी ४३ ग्रेडको विक्री वितरण रोकेको छ । त्यसैगरी युनाइटेड सिमेन्ट उद्योगको ओपिसी ५३ ग्रेडको विक्री वितरण रोक्का गरिएको हो ।

जगदम्बा सिमेन्ट उद्योगलाई भने पिपिसी सिमेन्टको विक्री वितरण रोक्न पत्राचार गरेको छ । साथै, उक्त ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिनभित्रै स्पष्टिकरण पेश गर्न पत्राचार गरेको विभागले जनाएको छ ।

जानकी केवल ई प्रालिलाई विभागले सम्पूर्ण डायमिटर, स्ट्राड डायमिटर र कन्डक्टर रेसिस्टेन्स साइजको पीभिसी केबल विक्री वितरण रोक्न निर्देशन दिएको छ । साथै, उक्त ब्याचको सम्पूर्ण केवल फिर्ता लिन र १५ स्पष्टिकरण पेश गर्न पत्राचार गरेको छ ।

श्री ग्यास वान नेपाललाई विभागले सेफ्टी नलगाएको, वेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको सिभीटी मेसिन नभएको एचएसटी मेसिन प्रयोग नगरेको, सिलिण्डर धुने पखाल्ने व्यवस्था नभएको, भल्भ मर्मत कार्य कार्ब भएको, स्प्रिङ्कल सिस्टम चालु अवस्थामा नरहेको र प्रेसर गेजको क्यालिव्रेशन नभएको भन्दै कारबाहीको दायरमा ल्याएको छ ।

उक्त कम्पनीलाई विभागले कैफियत पूरा नभएसम्म एलपीजी बोटलिङको कार्य बन्द गर्न र १५ दिनभित्र स्पष्टिकरण पेश गर्न पत्राचार गरेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३५

काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ...