back

साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले असोज ६ गते बुधबारबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) मा आजसम्म मात्रै आवेदन दिन सकिने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर बिक्री खुला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ । कम्पनीको आईपीओमा आज असोज १० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

२०७८ असोज १० गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३५

काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ...

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र...

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२२

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को नौ महिना...

माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आईपीओ निष्काशन गर्ने

माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:१८

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख १७...