मन्त्रिपरिषद बैठकः यस्ता छन् ७ निर्णय
वि.सं.२०८३ साउन २० बुधवार
काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयसहित विभिन्न नीतिगत तथा प्रशासनिक गरी सात महत्वपूर्ण निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यस्ता निर्णय
-तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।
-लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने।
-नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गरी उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।
-पशु बधशाला र मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा नेपालभर लागू गर्ने।
-बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
-विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजिश श्रेष्ठलाई नियुक्त गर्ने।
सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूलाई राहत र उपचारको व्यवस्था गर्ने।
प्रकाशित समय : १७:१२ बजे





















