back

नेपाल टेलिकमको बक्यौता पौष मसान्तसम्म जरिवाना छुट हुने

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता महसुल रहेका ग्राहकलाई २०८३ साल पौष मसान्तभित्र रकम भुक्तानी गर्न आग्रह गरेको छ। कम्पनीले उक्त अवधिभित्र बक्यौता रकम बुझाएमा सेवामा लाग्ने जरिवाना छुट प्रदान गरिने जनाएको छ।

टेलिकमले जारी गरेको सार्वजनिक सूचनामा बक्यौता भएका ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी आवश्यक जानकारी तथा सहजीकरण लिन अनुरोध गरिएको छ। कम्पनीका अनुसार जरिवाना छुटको अवसरको उपयोग गरी समयमै बक्यौता भुक्तानी गर्न सबै ग्राहकलाई आग्रह गरिएको हो।

साथै, तोकिएको अवधिसम्म पनि बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकको नाम, ठेगाना लगायतको विवरण कम्पनीको वेबसाइट तथा राष्ट्रिय पत्रपत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशन गरी कानुनी प्रक्रिया अनुसार असुली कार्य अगाडि बढाइने नेपाल टेलिकमले चेतावनी दिएको छ। नेपाल टेलिकमले जरिवाना छुटको सुविधाको लाभ उठाई समयमै बक्यौता महसुल बुझाउन सबै सम्बन्धित ग्राहकलाई अनुरोध गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

उपभोक्ता अदालत गठनदेखि डिजिटल बजार नियमनसम्म सरकारको ध्यान जानुपर्छ : सांसद रोशनी मेचे

उपभोक्ता अदालत गठनदेखि डिजिटल बजार नियमनसम्म सरकारको ध्यान जानुपर्छ : सांसद रोशनी मेचे

वि.सं.२०८३ साउन २० बुधवार १८:०७

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

वि.सं.२०८३ साउन २० बुधवार १६:३७

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी...

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

वि.सं.२०८३ साउन २० बुधवार १६:३१

काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला एनसेलले...

सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ साउन २० बुधवार ११:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन २० बुधवार ०९:५२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन २० बुधवार ०९:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...