back

पूर्वी नेपालका हिंसात्मक घटनाप्रति नाडाको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्जलगायत तराईका केही जिल्लामा पछिल्लो समय भएका अशान्तिपूर्ण गतिविधि र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नाडाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान भएको राष्ट्र भएकाले विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावना जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति र मागहरू शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने अधिकार दिएको भए पनि हिंसा, तोडफोड, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने स्पष्ट पारिएको छ।

नाडाका अनुसार यस्ता घटनाले शान्ति सुरक्षा र सामाजिक सद्भावमा मात्र होइन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने भएकाले व्यवसायी समुदाय चिन्तित बनेको छ।

संस्थाले सम्पूर्ण सम्बन्धित पक्षलाई संयमता अपनाई कानुनी र लोकतान्त्रिक प्रक्रियामार्फत संवाद तथा आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ। साथै, नेपाल सरकार र सम्बन्धित निकायलाई शान्ति–सुरक्षा, नागरिकको जनधनको संरक्षण तथा सामान्य जनजीवन र व्यावसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ।

नाडाले अन्त्यमा सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई थप सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न अपिल गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४९

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको...

नयाँ टाटा पन्च ईभी नेपालमा, यस्ता छन् विशेषता

नयाँ टाटा पन्च ईभी नेपालमा, यस्ता छन् विशेषता

वि.सं.२०८३ साउन १४ बिहीवार १९:२५

काठमाडौं । टाटा मोटर्सको लोकप्रिय विद्युतीय एसयूभी पन्च ईभीको नयाँ...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

वि.सं.२०८३ साउन १४ बिहीवार १४:३९

काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ...

सवारी साधनबाट हुने वायु प्रदूषण रोक्न नयाँ मापदण्ड स्वीकृत: पुराना र नयाँ सवारीमा कडा उत्सर्जन सीमा लागू हुँदै

सवारी साधनबाट हुने वायु प्रदूषण रोक्न नयाँ मापदण्ड स्वीकृत: पुराना र नयाँ सवारीमा कडा उत्सर्जन सीमा लागू हुँदै

वि.सं.२०८३ साउन १२ मंगलवार १८:०६

काठमाडौँ। नेपालमा सडकमा सञ्चालनमा रहेका सवारी साधनबाट उत्सर्जन हुने धुवाँ...

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

वि.सं.२०८३ साउन ११ सोमवार ०९:३८

काठमाडौं । भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड...

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...