नेपाल आइपुग्यो अत्याधुनिक ‘लिपमोटर बी ०३ एक्स’ इभी, छिट्टै सार्वजनिक गरिने
वि.सं.२०८३ साउन १८ सोमवार
काठमाडौं । नेपालका निम्ति लिपमोटरको एक मात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले बहुप्रतीक्षित प्रिमियम इलेक्ट्रिकल एसयूभी ‘लिपमोटर बी ०३ एक्स’ आधिकारिक रूपमा नेपाल भित्र्याएको छ । कम्पनीले यस नयाँ ईभीलाई छिट्टै एक विशेष समारोहका बीच औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’को आधुनिक अवधारणामा आधारित यस एसयूभीलाई नेपाली सडकको विविधता र ग्राहकको चाहनालाई ध्यानमा राखेर तयार पारिएको छ । प्रविधि र सुविधाको उत्कृष्ट संयोजन रहेको यस गाडीमा १४५ किलोवाटको शक्तिशाली मोटर र ५३ किलोवाट आवरको ब्याट्री क्षमता रहेको छ । कम्पनीका अनुसार यस एसयूभीले एक पटकको फुल चार्जमा ५०५ किलोमिटरसम्मको प्रभावशाली रेन्ज प्रदान गर्दछ ।
यस एसयूभीमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम इन्टेरियर र आरामदायी केबिन रहेको छ । सुरक्षाका दृष्टिले यसमा अत्याधुनिक ‘एडीएएस लेभल २’ प्रविधि जडान गरिएको छ,जसले सुरक्षित र सहज ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ ।
विश्वप्रसिद्ध अटोमोबाइल समूह ‘स्टेलान्टिस’ (जसअन्तर्गत मासेराटी,जीप र प्युजो जस्ता १४ अग्रणी ब्रान्डहरू पर्छन्) को सहयोग प्राप्त लिपमोटर चीनको नम्बर १ ‘न्यू इनर्जी भेहिकल’ स्टार्टअप ब्रान्ड हो । हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको लिपमोटरको सञ्जाल विश्वका ४० भन्दा बढी देशमा फैलिएको छ ।
सांग्रिला मोटर्सका अनुसार औपचारिक सार्वजनिक कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिनेछ । अन्तर्राष्ट्रिय बजारमा राम्रो पहिचान बनाएको यस ब्रान्डले नेपाली ग्राहकलाई पनि आधुनिक प्रविधि र विश्वसनीय सेवाको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित समय : १५:०१ बजे





















