back

चिनियाँ नयाँवर्षमा ‘एयर ट्याक्सी’ सेवाको माग उल्लेख्य वृद्धि

काठमाडौं । चीनको परम्परागत स्प्रिङ फेस्टिभल (चन्द्र नववर्ष) यात्राको चाप बढेसँगै ‘एयर ट्याक्सी’ सेवाको माग उल्लेख्य रूपमा बढेको छ ।
विशेषगरी साङघाइ र वरपरका तटीय गन्तव्यबीच हेलिकोप्टरमार्फत हुने छोटो दूरीका उडानहरू लोकप्रिय बन्दै गएका छन् ।

सडक र फेरीबाट घण्टौं लाग्ने यात्रा अब करिब आधा घण्टामै पूरा हुन थालेपछि यात्रुहरू समय बचतका लागि हवाई विकल्प रोज्न थालेका हुन् । सांघाइबाट शेङ्सी टापुसम्मको करिब ३० मिनेटको उडानमा यात्रुले पुडोङ, लिङ्गाङ, डोङहाइ पुल हुँदै खुला समुद्र पार गर्ने दृश्य अवलोकन गर्न सक्छन् ।

सांघाइ न्यूस्काइ हेलिकोप्टर क्याप्टेन स्यु जियानजुनका अनुसार ‘सांघाइबाट शेङ्सी टापुसम्मको उडान छोटो र सहज छ । आकाशबाट शहरको स्काइलाइन, डोङहाइ पुल र समुद्री दृश्य स्पष्ट देखिन्छ, जसले यात्रालाई विशेष बनाउँछ ।’

यात्रुहरूका लागि आकर्षण केवल दृश्य मात्र होइन, समयको बचत पनि हो । बस र फेरी प्रयोग गर्दा घण्टौं लाग्ने यात्रा हवाईमार्गबाट बिहान निस्केर दिउँसो घर फर्किन सकिने गरी छोटिएको छ । एक यात्रुले भने,‘पहिले बस र फेरीबाट धेरै समय लाग्थ्यो । आज बिहान निस्केर दिउँसो घर पुगेँ । यति छिटो र सुविधाजनक सेवाका लागि भाडा स्वीकार्य छ ।’

स्प्रिङ फेस्टिभल ट्राभल रशका क्रममा हवाई सेवाको बुकिङ सामान्य समयको तुलनामा करिब १.५ गुणा बढेको सांघाइ न्यूस्काइ हेलिको उडान विभाग प्रमुख ली सिनले जानकारी दिए । उनका अनुसार यात्रुले मिनी–प्रोग्राममार्फत अग्रिम बुकिङ गर्न सक्ने सुविधा उपलब्ध छ, जसले यात्रालाई अझ सहज बनाएको छ ।

एयर ट्याक्सी सेवा अहिले याङ्त्से नदी डेल्टा क्षेत्रमा विकसित हुँदै गएको व्यापक यातायात प्रणालीको हिस्सा बन्दै गएको छ । चीनले प्रवद्र्धन गरिरहेको ‘लो–अल्टिच्युड इकोनोमी’ अर्थात् न्यून उचाइको हवाई अर्थतन्त्र अन्तर्गत हेलिकोप्टर र साना हवाई साधनमार्फत छोटो दूरीका नियमित मार्गहरू विस्तार भइरहेका छन् । यसले क्षेत्रीय आवागमनलाई छिटो, प्रभावकारी र लचिलो बनाउने अपेक्षा गरिएको छ ।

जियाङ्सु प्रान्तको नान्तोङ सहरस्थित छोङचुआन जिल्लाको ट्राफिक सपोर्ट सेक्सन प्रमुख स्यु शेङ्नानका अनुसार, ‘न्यून उचाइका हवाई मार्गहरूले व्यस्त समयमा सडक चाप कम गर्छन् र यात्रुहरूको गुणस्तरीय यात्राको माग पूरा गर्छन् । भविष्यमा यी सेवा क्षेत्रीय यातायातको नयाँ सामान्य बन्ने सम्भावना छ ।’

विशेषज्ञहरूका अनुसार चीनको लो–अल्टिच्युड इकोनोमी २०३५ सम्म पाँच गुणाभन्दा बढी बढ्ने प्रक्षेपण गरिएको छ । हाल करिब ९३ अर्ब अमेरिकी डलरको बजार सन् २०३५ सम्म ४८३ अर्ब डलर पुग्ने अनुमान छ । यस वृद्धि यात्रु ढुवानी मात्र होइन, आपत्कालीन उद्धार, पर्यटन, व्यापारिक उडान तथा स्मार्ट सहर अवधारणासँग पनि जोडिएको छ ।

यद्यपि, हवाई सुरक्षा, उडान मार्ग व्यवस्थापन, हवाई क्षेत्रको समन्वय र मूल्य निर्धारणजस्ता विषय अझै नीतिगत बहसका विषय बनेका छन् । तर स्प्रिङ फेस्टिभलजस्तो भीडभाडको समयमा छोटो दूरीको हवाई सेवा प्रभावकारी विकल्प सावित हुँदै गएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...