back

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । लन्च अवसरमा कम्पनीले विशेष छुटसमेत घोषणा गरेको छ । पहिलो ५० ग्राहकले यो गाडी ४९ लाख ९९ हजार रुपैयाँमा पाउनेछन् भने यसको आधिकारिक मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । साथै, एक वर्षको निःशुल्क बीमा सुविधा पनि उपलब्ध गराइनेछ ।

नेपालमा पहिले नै १,५०० भन्दा बढी युनिट बिक्री भइसकेको ओमोडा ई फाइभको सफलतापछि नयाँ ई फाइभ प्रो अझ उन्नत प्रविधि, आधुनिक डिजाइन र प्रिमियम सुविधासहित आएको हो ।
यस गाडीमा ५०.७ किलोवाट घण्टाको ब्याट्री, ९९ किलोवाट क्षमताको मोटर र २८८ न्यूटन मिटर टर्क रहेको छ । यसले करिब ३५० किलोमिटर दूरी (मापदण्ड अनुसार) पार गर्न सक्ने दाबी गरिएको छ । १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १८ इन्चका ह्वीलले नेपाली सडकका लागि उपयुक्त बनाएको कम्पनीको भनाइ छ ।

डिजाइनका हिसाबले यो गाडी अत्याधुनिक र आकर्षक छ । भित्री भागमा आरामदायी सिट, सनरुफ, उच्च गुणस्तरका सामग्री र ठूलो टचस्क्रिन डिस्प्ले राखिएको छ । सुरक्षाका लागि १९ भन्दा बढी स्मार्ट ड्राइभिङ सहयोग प्रणाली र ५४० डिग्री वरिपरि देख्न मिल्ने क्यामेरा प्रणाली जडान गरिएको छ । कम्पनीका अनुसार यो गाडी अब नेपालभरका शोरूममा बुकिङका लागि उपलब्ध छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

वि.सं.२०८३ साउन ५ मंगलवार १३:५५

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन...

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

वि.सं.२०८३ साउन ५ मंगलवार १३:४६

काठमाडौं । प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...