back

दोमुख पुल निर्माणमा ठेकेदारको लापरवाहीः ४ वर्षमा करिब २ प्रतिशत मात्र प्रगति

nactional life

मुगु । हिमाली जिल्ला मुगुको सोरुगाउँपालिकामा निर्माणाधीन दोमुख पक्की पुल ठेक्का सम्झौता भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य अत्यन्तै सुस्त देखिएको छ । हुम्ला–कर्णाली करिडोर तथा मुगुको गमगढी, तारापानी र नाक्चेलाग्ना सडक जोड्ने रणनीतिक महत्वको उक्त पुलमा हालसम्म करिब २ प्रतिशत मात्र प्रगति भएको पाइएको छ ।

आर्थिक वर्ष (आव) २०७७/०७८ मा ठेक्का नम्बर २ अन्तर्गत दोमुख पक्की पुल निर्माणका लागि २०७८ साल पुस १४ गते पूर्वाधार विकास कार्यालय मुगु र श्री मृत संजीवनी निर्माण सेवा प्रा.लि., हेटौँडा, मकवानपुरबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ साल मंसिर ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी १ सय मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल १५ करोड ९३ लाख ७३ हजार ९ सय ४१ रुपैयाँ ९३ पैसा (मूल्य अभिवृद्धि करसहित) मा निर्माण गर्ने सहमति भएको थियो ।

तर, निर्धारित समयमा काम सम्पन्न नभएपछि विभिन्न बहाना देखाउँदै ठेकेदार कम्पनीले म्याद थप गराउँदै आएको छ । पछिल्लो पटक २०८३ साल मंसिर २९ गतेसम्म सम्पन्न गर्ने गरी पुनः म्याद थप गरिएको छ । कार्यालयले पटक–पटक पत्राचार गरी काम अघि बढाउन आग्रह गरे पनि हालसम्म प्रभावकारी प्रगति हुन सकेको छैन् ।

पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी मनमोहन सिंह खड्काका अनुसार निर्माण कम्पनीका प्रतिनिधि हालै आयोजना स्थलमा पुगेका छन् र आर्थिक वर्ष २०८३÷०८४ भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सोरुगाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले स्थानीय तहका तर्फबाट पटक–पटक जिल्ला पूर्वाधार विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा निर्माण कम्पनीसँग पहल गर्दा पनि काममा उल्लेख्य प्रगति नभएको बताए । “अहिले प्रतिनिधि आएको भनिए पनि छिट्टै काम सम्पन्न हुन्छ भन्ने विश्वास गर्न सकिने अवस्था छैन् । पुनः म्याद थप्ने प्रयास मात्र हुने जस्तो देखिन्छ । अब स्थानीय तहले आफ्नो भूमिकालाई कडाइका साथ अघि बढाउनेछ,” उनले भने । स्थानीय बासिन्दा सुन्तला मल्लका अनुसार पुल निर्माणको खबर सुन्दा स्थानीयवासी निकै उत्साहित भएका थिए ।

“चार वर्ष बितिसक्दा पनि काम नदेखिँदा निराशा बढेको छ । अहिले पनि मानिस र खच्चरमार्फत सामान ढुवानी गर्नुपरेको छ । पुल नहुँदा एक घण्टाको दूरी पार गर्न ३–४ घण्टा लाग्ने गरेको छ,” उनले भनिन् । पुल निर्माण भए रारा ताल घुम्न आउने पर्यटक तथा गमगढी सदरमुकाम र आसपासका बस्तीमा आवतजावत गर्ने नागरिकलाई ठूलो सहजता हुने उनको भनाइ छ ।

निर्माण कम्पनीका इन्जिनियर कुमार यादवले भने भूगोल अध्ययन, डिजाइन तयारी तथा ढुवानी समस्या लगायतका कारण ढिलाइ भएको स्वीकार गर्दै आगामी सात हप्ताभित्र काम सुरु गर्ने दाबी गरेका छन् ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको दोमुख पक्की पुल निर्माण चार वर्ष बितिसक्दा पनि नगण्य प्रगतिमा सीमित हुनु सम्बन्धित निकाय र निर्माण कम्पनीको लापरवाहीको संकेत भएको स्थानीयको आरोप छ । सरोकारवाला निकायले समयमै आवश्यक पहल नगरे पुल निर्माण थप लम्बिने सम्भावना देखिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...