back
Naima

दिपल एस ०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

काठमाडौं । दिपलको पर्फेक्ट एसयुभी दिपल एस ०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिंग प्राप्त गरेको छ । यो उपलब्धीले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिंग उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रति दिपलको प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ ।

स्वतन्त्र परिक्षण नतिजाअनुसार दिपल एस०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रर्दशन गरेको छ । यसमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशिल सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत प्राप्त गरेको छ । यी नतिजाले दिपल एस०५ लाई नविनतम र कडा युरो एनक्याप मापदण्डअन्तर्गतको परीक्षण उत्कृष्ट एसयुभीका रुपमा आफूलाई उभ्याएको छ ।

युरो एनक्याप रेटिंगले दिपल एस०५ को मजबुत भेहिकल आर्किटेक्चर, उन्नत रेस्ट्रेन्ट प्रणाली तथा प्रत्यक्ष सुरक्षा प्रविधिलाई प्रमाणित गरेको छ । नेपालमा लक्जरी, स्टाइल र टेकमा पर्फेक्ट यस एसयुभीले सार्वजनिक भएको समयदेखि नै उपभोक्तामा लोकप्रियता हासिल गरेको थियो । नाडा अटो सो २०२५ मा सो स्टपरका रुपमा यसले ग्राहकहरुको विशेष ध्यान आकर्षित गरेको थियो ।

यसमा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किंग, एआर एचयुडी, आउटडोर स्पिकरसहितको १४ स्पिकर, इन्टरनेट कनेक्टिभिटी, क्विन को पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता फिचर छन् । यसमा प्रयोग गरिएको गोल्डेन शिल्ड ब्याट्री सबैभन्दा सुरक्षित, सबैभन्दा छिटो चार्ज हुने र सबैभन्दा लामो आयु भएको इभी ब्याट्री हो जसले ५००० हजारभन्दा बढी चार्जिंग साइकल प्रदान गर्छ ।५ स्टार युरो एनक्याप रेटिंगले विश्वस्तरीय परीक्षण पार गरेर, प्रविधिमैत्री तथा प्रिमियम इलेक्ट्रिक सवारीसाधन प्रदान गर्ने दिपलको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:३४

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट...

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:१८

काठमाडौं ।  काठमाडौंमा आगामी अगस्ट ११ देखि १६ सम्म आयोजना...

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:००

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा...

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

वि.सं.२०८३ साउन २४ आइतवार १८:५८

काठमाडौं–ग्रेट वाल मोटर (जडब्लूएम) ले आफ्नो ओरा ब्रान्ड अन्तर्गत पहिलोपटक...

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

वि.सं.२०८३ साउन २४ आइतवार १८:४०

काठमाडौं। निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार १७:२९

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...