back
himalayan life

सङ्कटमा पर्यो ठेकी बनाउने व्यवसाय

काठमाडौँ । कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा थिए ।

बाउबाजेले सिकाएको पुख्र्यौली ठेका बनाउने कलामा उनी अब्बल छन् । उनीजस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकीको व्यवसाय गर्थे तर दुई वर्ष भयो न उनीहरुले नयाँ ठेकी बनाउन पाएको छ न व्यापारका लागि घुम्नडुल्न नै ।

जिल्लाका बलेवामा रहेका चुँदार समुदायले परम्परागत प्रविधिको प्रयोग गरेर काठका ठेकी उत्पादन गर्दै आएका छन् । जङ्गलमा पाइने गिठेदारबाट बनाइने ठेकी गाउँघरमा दूध दही राख्नका लागि प्रयोग हुने गरेका छन् । कोरोनाका कारण उनीहरुको काम र व्यापार ठप्प छ ।

पछिल्लो समय बजार ओगटेका प्लाष्टिक र स्टिलका सामानले काठको ठेकीको माग घट्दै गएका बेला महामारीले हुने गरेका व्यापारमा समेत अवरोध गरेको पूर्णबहादुर बताउँछन् । “दुई वर्ष भयो घर छोड्न पाइएको छैन, काठ खोज्न जानु न ठेका कुँद्नु”, उनले भने, “अब त खुल्यो भने पनि प्लाष्टिकका भाडाले काठका भाडा नखोज्ने बनाउँछ होला ।”

ठेकाका लागि आवश्यक पर्ने गिठेदार बागलुङमा पाइँदैन । गुल्मी र पाल्पा पुगेर कालीगढले कहिले काठ ल्याउने त कहिले ठेकी नै उतै कुँदेर ल्याउने गरेका थिए । बन्दाबन्दीले उनीहरुको दिन दैनिकीमा असर गरेको छ । जिल्लामा उत्पादन हुने ठेकी गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिक्री हुने गरेका छन् । गिठेदारको ठेकीलाई व्यवसायीले मानाको रु ७०० देखि एक हजारसम्ममा बिक्री गर्ने गरेका छन् । स्थानीय काठबाट ठेकी बनाउन कठिन हुने र उपभोक्ताको माग पनि गिठेदारनै हुने भएका हात पट्याएर बस्नुपरेको टेकहादुरले बताए ।

चाडपर्वको बेला गाउँ गाउँमा ठेका बोकेर डुल्ने उनीहरु दुई वर्षदेखि घरमै छन् ।

“दशैँ र चैतेदशैँमा बागलुङ कालिका आसपासमा राखेर ठेका बेचिन्थ्यो, काठका भाडा खुब खोज्थे”,उनले भने, “फेसनका जिनिसले कम बिक्न थालेका थिए, त्यहीँमाथी कोरोनाले थला पार्यो ।” मेहेनत धेरै लाग्ने र सीपको आवश्यकता हुने भएकाले युवापुस्ताको आकर्षण यो व्यवसायमा कम छ । काठका भाडामा राखेको दुग्धजन्य पर्दा मीठो र नसड्ने भएकाले पुरानो पुस्ताले खोजी गरे पनि नयाँ पुस्तामा प्लाष्टिकको मोह बढी रहेकाले व्यवसाय नै सङ्कटमा पर्न थालेको चुँदारा समुदाय बताउँछन् ।

२०७८ असोज ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...