back

प्रदर्शनीमार्गमा ‘जुत्ता एक्सचेन्ज मेला’ सुरु, पुरानो जुत्ता लगेमा ५०० पाइने

काठमाडौँ । काठमाडौँको प्रदर्शनीमार्गस्थित जुत्ता पसलहरुमा ‘जुत्ता एक्सचेन्ज मेला’ सुरु भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान चाड दसैँतिहारलाई लक्षित गर्दै हरेकवर्ष जस्तै प्रदर्शनीमार्गमा जुत्ता एक्सचेन्ज मेला सुरु भएको हो ।

विगतका वर्षझैँ यस वर्ष पनि ग्राहकलाई सुपथ मूल्यमा जुत्ता उपलब्ध गराउने उद्देश्यका साथ जुत्ता एक्सचेन्ज मेला सुरु गरिएको व्यवसायीहरू बताउँछन्। ‘कोरोनाले गर्दा पोहोर साल त्यति राम्रो व्यापार भएको थिएन। यसपालि बेलैदेखि ग्राहक नयाँ जुत्ता खरिद गर्नका साथै पुराना जुत्ता एक्सचेन्ज गर्न आउनेको संख्या बाक्लिएको छ’, प्रदर्शनी मार्गका एक व्यापारीले भने।

जुत्ता एक्सचेन्ज मेलामा विशेष गरेर भेनस, फुट स्टेप र एटिएम सुज साथै अन्य थुप्रै ब्रान्डका जुत्ता उपलब्ध छन्। आफूलाई प्रयोग नहुने जुत्ता रु ५०० को दरले सजिलै बिक्री गर्नुका साथै अन्य जुत्तासँग एक्सचेन्ज गर्न सकिन्छ। दसैँभरि चल्ने जुत्ता एक्सचेन्ज मेलामा नयाँ जुत्ताहरु खरिद गर्दा २५ प्रतिशतसम्म छुट पाइन्छ।

जुत्ता एक्सचेन्ज मेलामा जुत्ता खरिद गर्न उपस्थित एक ग्राहकका अनुसार गुणस्तरीय जुत्ता सस्तो मूल्यमा किन्न सकिने भएकाले जुत्ता किन्न आएको बताउँछन्। ‘पोहोर साल यहीबाँट जुत्ता किनेको थिएँ। अहिले त्यही जुत्ता एक्सचेन्जका लागि आएको छु’, उनले भने।

२०७८ असोज ४ गते प्रकाशित


विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...