back
Naima

प्रदर्शनीमार्गमा ‘जुत्ता एक्सचेन्ज मेला’ सुरु, पुरानो जुत्ता लगेमा ५०० पाइने

काठमाडौँ । काठमाडौँको प्रदर्शनीमार्गस्थित जुत्ता पसलहरुमा ‘जुत्ता एक्सचेन्ज मेला’ सुरु भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान चाड दसैँतिहारलाई लक्षित गर्दै हरेकवर्ष जस्तै प्रदर्शनीमार्गमा जुत्ता एक्सचेन्ज मेला सुरु भएको हो ।

विगतका वर्षझैँ यस वर्ष पनि ग्राहकलाई सुपथ मूल्यमा जुत्ता उपलब्ध गराउने उद्देश्यका साथ जुत्ता एक्सचेन्ज मेला सुरु गरिएको व्यवसायीहरू बताउँछन्। ‘कोरोनाले गर्दा पोहोर साल त्यति राम्रो व्यापार भएको थिएन। यसपालि बेलैदेखि ग्राहक नयाँ जुत्ता खरिद गर्नका साथै पुराना जुत्ता एक्सचेन्ज गर्न आउनेको संख्या बाक्लिएको छ’, प्रदर्शनी मार्गका एक व्यापारीले भने।

जुत्ता एक्सचेन्ज मेलामा विशेष गरेर भेनस, फुट स्टेप र एटिएम सुज साथै अन्य थुप्रै ब्रान्डका जुत्ता उपलब्ध छन्। आफूलाई प्रयोग नहुने जुत्ता रु ५०० को दरले सजिलै बिक्री गर्नुका साथै अन्य जुत्तासँग एक्सचेन्ज गर्न सकिन्छ। दसैँभरि चल्ने जुत्ता एक्सचेन्ज मेलामा नयाँ जुत्ताहरु खरिद गर्दा २५ प्रतिशतसम्म छुट पाइन्छ।

जुत्ता एक्सचेन्ज मेलामा जुत्ता खरिद गर्न उपस्थित एक ग्राहकका अनुसार गुणस्तरीय जुत्ता सस्तो मूल्यमा किन्न सकिने भएकाले जुत्ता किन्न आएको बताउँछन्। ‘पोहोर साल यहीबाँट जुत्ता किनेको थिएँ। अहिले त्यही जुत्ता एक्सचेन्जका लागि आएको छु’, उनले भने।

२०७८ असोज ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...