back
Naima

आजदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु, ५५ भन्दा बढी ब्रान्डको सहभागिता

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आज (साउन २६ गते) देखि नाइमा मोबिलिटी एक्स्पो भव्य रूपमा सुरु भएको छ। आगामी साउन ३१ गतेसम्म सञ्चालन हुने यस एक्स्पोमा ५५ भन्दा बढी स्वदेशी तथा विदेशी ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ।
अटोमोबाइल क्षेत्रको एकीकृत विकास, आधुनिक प्रविधिको प्रवर्द्धन र उपभोक्तालाई एउटै छानामुनि विभिन्न सवारी साधन उपलब्ध गराउने उद्देश्यले आयोजित यस मेलामा कुल ५१ वटा आकर्षक स्टलहरू राखिएका छन्। यस वर्षको मेलामा ४० भन्दा बढी नयाँ मोडलका सवारी साधनहरू सार्वजनिक (लन्च) हुने कार्यक्रम रहेको छ, जसले गर्दा अटो उत्साहीहरूका लागि यो एक्स्पो विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी साधन (कमर्सियल भेहिकल), इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी समाधानका साथै सवारीसँग सम्बन्धित नयाँ प्रविधि र सेवाहरू समावेश गरिएका छन्।
विशेष गरी दुईपाङ्ग्रे खण्डतर्फ बजारमा स्थापित तथा लोकप्रिय ब्रान्डहरू बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्यूज, बगाउस, अल्ट्राभ्वाइलेट, केरेन, गारो, सीएफ मोटो, ट्रायम्फ र जेएक्स मोटोसीएक्स लगायतका धेरै ब्रान्डहरूको उपस्थिति रहेको छ। गत वर्षको तुलनामा यस वर्ष थप व्यवस्थित, भव्य र प्रविधिमैत्री बनाइएको यस एक्स्पोले नेपालको अटोमोबाइल बजारलाई थप चलायमान बनाउन ठूलो सहयोग पुर्याउने नाइमाको विश्वास रहेको छ।
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आयकर र सवारी साधनको वार्षिक करमा हेरफेर, कति तिर्नुपर्छ सवारी साधनको कर ?

आयकर र सवारी साधनको वार्षिक करमा हेरफेर, कति तिर्नुपर्छ सवारी साधनको कर ?

वि.सं.२०८३ साउन २५ सोमवार २२:०६

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनादेखि...

हुन्डाईले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ चार मोडल लन्च गर्दै

हुन्डाईले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ चार मोडल लन्च गर्दै

वि.सं.२०८३ साउन २५ सोमवार १६:५१

काठमाडौँ । मंगलबार (साउन २६ गते)देखि आयोजना हुने नाइमा मोबिलिटी...

भदौ ९ देखि नाडा अटो शो, २०० स्टलमा २२ पेसेन्जर कारसहित विभिन्न ब्रान्ड सहभागि हुने

भदौ ९ देखि नाडा अटो शो, २०० स्टलमा २२ पेसेन्जर कारसहित विभिन्न ब्रान्ड सहभागि हुने

वि.सं.२०८३ साउन २५ सोमवार १२:५२

काठमाडौं । नेपाली अटोमोबाइल बजारको ठूलो प्रदर्शनी ‘एचपी प्रेजेन्ट्स नाडा...

कपन वर्कसपमा सिप्रदीले सञ्चालनमा ल्यायो ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट

कपन वर्कसपमा सिप्रदीले सञ्चालनमा ल्यायो ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट

वि.सं.२०८३ साउन २५ सोमवार ११:२१

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा...

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्दै, २१ लाखसम्म छुट र विशेष ड्राइभको अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्दै, २१ लाखसम्म छुट र विशेष ड्राइभको अफर

वि.सं.२०८३ साउन २५ सोमवार ०९:०७

काठमाडौं । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नाइमा...

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:३४

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट...