back

आरएसडिसी लघुवित्तको वित्तीय विवरण सार्वजनीक, नाफामा सामान्य सुधार

काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनीक गरेको छव । समिक्षा अवधिमा लघुवित्तले अघिल्लो वर्षको तुलनामा १५.४५ प्रतिशतले नाफा बढाएको छ । लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छभने अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा रकम ७ करोड ८८ लाख रुपैयाँमात्र रहेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १८.४७ प्रतिशतले बढेर १२ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १० करोड ५१ लाख रुपैयाँमा सीमित थियो।

यसैगरी संस्थाको खुद ब्याज आम्दानीमा पनि अघिल्ला वर्षको तुलनामा १५.४० प्रतिशतले वृद्धि भएको छ । समिक्षा अवधिमा संस्थाले १६ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्षको समिक्षा अवधिमा १४ करोड २१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले ३ अर्ब ७ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष २ अर्ब ६० करोड रुपैयाँ सापटी लिई २ अर्ब ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ४.६४ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष १४ करोड ६६ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १५ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी ७३ करोड १९ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १२.४४ रुपैयाँ पुगेको छ। पीई रेसियो ६९.६८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२०.९६ रुपैयाँ रहेको छ।

२०७८ साउन १८ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

वि.सं.२०८३ वैशाख २७ आइतवार २१:३३

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम...

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४९

काठमाडौँ । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष...

सर्वोच्चको आफ्नै नजिरमाथि संवैधानिक परिषद्को प्रहार: न्यायपालिकामा ‘राजनीतिक’ छायाँको डर

सर्वोच्चको आफ्नै नजिरमाथि संवैधानिक परिषद्को प्रहार: न्यायपालिकामा ‘राजनीतिक’ छायाँको डर

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:३७

काठमाडौँ । नेपालको न्यायिक इतिहासमा एउटा अप्रत्याशित र बहस सिर्जना...

भन्सारमा लाइन बस्नुपर्ने झन्झट अन्त्य, विदेशी सवारीका लागि ‘अनलाइन टीआईभी’ प्रणाली सुरु

भन्सारमा लाइन बस्नुपर्ने झन्झट अन्त्य, विदेशी सवारीका लागि ‘अनलाइन टीआईभी’ प्रणाली सुरु

वि.सं.२०८३ वैशाख २२ मंगलवार २०:३४

काठमाडौ‌ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने...

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख २१ सोमवार १३:१६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको...

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

वि.सं.२०८३ वैशाख २० आइतवार २३:००

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने नेपाली भू-भाग कालापानी, लिपुलेक...