XPENG को हरित कीर्तिमान: २०२५ मा ६.६१ मिलियन टन कार्बन न्यूनीकरण
वि.सं.२०८२ पुस २९ मंगलवार
काठमाडौं । विद्युतीय सवारी निर्माता XPENG ले सन् २०२५ मा दिगोपन र वातावरण संरक्षणको यात्रामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीका विद्युतीय सवारीसाधनहरूले विश्वव्यापी रूपमा करिब ६.६१ मिलियन मेट्रिक टन कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुर्याएको अनुमान गरिएको छ।
XPENG का अनुसार जनवरीदेखि डिसेम्बर २०२५ सम्म डेलिभर गरिएका विद्युतीय सवारीसाधनहरूको उत्पादनदेखि प्रयोग र पुनःप्रशोधनसम्मको सम्पूर्ण जीवनचक्र समेटेर गरिएको समग्र मूल्याङ्कनबाट यो नतिजा आएको हो। उक्त कार्बन न्यूनीकरण करिब १० वर्षसम्म हुर्काइएका ११ करोड बिरुवाले अवशोषण गर्ने कार्बनको मात्रा बराबर रहेको जनाइएको छ।
यस उपलब्धिमा XPENG नेपालसहित विभिन्न क्षेत्रीय साझेदारी, उपभोक्ताको बढ्दो अपनत्व तथा दिगो मोबिलिटीप्रतिको प्रतिबद्धताले महत्वपूर्ण भूमिका खेलेको कम्पनीको भनाइ छ।
उन्नत विद्युतीय पावरट्रेन, इन्टेलिजेन्ट ऊर्जा व्यवस्थापन प्रणाली र निरन्तर नवप्रवर्तनमा आधारित XPENG का सवारीसाधनहरूले फोसिल इन्धनमा निर्भरता घटाउँदै स्मार्ट, दक्ष र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गरिरहेका छन्। कम्पनीका अनुसार सडकमा रहेको प्रत्येक XPENG सवारी स्वच्छ हावा र दिगो यातायाततर्फको एक महत्वपूर्ण कदम हो।
नेपालमा XPENG को विस्तारले वातावरणमैत्री मोबिलिटी समाधानप्रति उपभोक्ताको बढ्दो सचेतना र स्वीकार्यतालाई प्रतिबिम्बित गरेको छ। स्वच्छ अटोमोटिभ भविष्यतर्फ अग्रसर नेपाललाई ध्यानमा राख्दै XPENG ले उन्नत प्रविधि, सुरक्षा र नवप्रवर्तनमार्फत नेपालको EV रूपान्तरणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
यो उपलब्धिले XPENG का प्रत्येक सवारीले दीर्घकालीन वातावरणीय प्रगति र स्वच्छ मोबिलिटी निर्माणमा अर्थपूर्ण योगदान पुर्याइरहेको तथ्यलाई थप सुदृढ बनाएको छ।
प्रकाशित समय : १४:४३ बजे





















