back

उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ

nactional life

रामेछाप । वाग्मती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्योग, पर्यटन तथा युवा उद्यमको विकास नगरी समृद्धि सम्भव नहुने बताएकी छिन् ।

मंगलबार मन्थली नगरपालिकामा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकारबीच अपेक्षित सहकार्य हुन नसक्दा कतिपय गर्न सकिने कामसमेत गर्न नसकिएको बताइन् । सहकार्यको कमीका कारण मन्त्रालयबाट सञ्चालन हुने केही कार्यक्रम प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

बजारको माग के छ भन्ने आधारमा कार्यक्रम छनोट हुनुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत रूपमा योजना राख्दा कार्यक्रम प्रभावकारी हुन नसक्ने अवस्था रहेको बताइन् ।

सिमान्तकृत समुदायलाई उद्यमसँग जोड्ने उद्देश्यले मन्त्रालयले केही महत्वाकांक्षी कार्यक्रम ल्याएको उल्लेख गर्दै उनले ती कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन् ।
प्रदेश सरकार, स्थानीय तह र उद्यमीबीचको सहकार्यमा सञ्चालन हुने कार्यक्रम बढी प्रभावकारी हुन सक्ने धारणा उनले राखिन् ।

छलफलमा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले मन्त्रालयमार्फत केही तालिम तथा अनुदानका कार्यक्रम सञ्चालन भए पनि ती पर्याप्त नभएको बताए। अन्य जिल्लाको तुलनामा रामेछापमा केही काम भए पनि त्यसले मात्र नपुग्ने उनको भनाइ थियो ।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले कम्तीमा एउटा मात्रै भए पनि देखिने खालको उद्यम सञ्चालन गर्न सकिए काम भएको अनुभूति हुने बताए । नगरमा केही कृषि उद्यमीहरू देखिन थाले पनि उनीहरूको उत्पादनलाई व्यवस्थित उद्यमसँग जोड्न नसकिएको उनले बताए । त्यस्ता उद्यममा मन्थली नगरपालिका ५० प्रतिशतसम्म लगानी गर्न तयार रहेको उनको भनाइ छ ।

स्थानीय व्यवसायी सुरेश उदासले रामेछापमा ठूला मालबाहक गाडीहरू सिन्धुलीबाट प्रवेश गर्न नदिँदा उद्यम तथा व्यवसाय सञ्चालनमा समस्या भइरहेको बताए ।

ठूला मालबाहक गाडी सिधै रामेछापसम्म आउन नपाउँदा ढुवानी खर्च बढ्ने र त्यसको असर उत्पादन तथा उपभोग्य वस्तुको मूल्यमा पर्ने गरेको उल्लेख गर्दै उनले यातायात सहज बनाइदिन आग्रह गरे । छलफलका क्रममा मन्त्री श्रेष्ठले वाग्मती प्रदेश सरकारको सहयोगमा सञ्चालनमा रहेका विभिन्न उद्योगहरूको स्थलगत अनुगमन गर्दै आवश्यक सुझावसमेत दिएकी थिइन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

संसद बैठकको समय परिवर्तन, अब दिउँसो २ बजे बस्ने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३४

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...