back

थापाथली क्याम्पसको सहकार्यमा ‘नाइमा मोबिलिटी संवाद’को नवौँ श्रृङ्खला सम्पन्न

nactional life

काठमाडौं । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन र इन्स्टिच्युट अफ इन्जिनियरिङ, थापाथली क्याम्पसको सहकार्यमा ‘नाइमा मोबिलिटी संवाद’को नवौँ श्रृङ्खला सफलतापूर्वक सम्पन्न भएको छ।थापाथली क्याम्पस प्रमुख डा. खेम ज्ञवलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा “Completely Knocked Down (CKD) Vehicle Assembly: Opportunities, Challenges, and Prospects” विषयमा गहन छलफल गरिएको थियो। करिब २०० जनाको सहभागिता रहेको कार्यक्रममा प्राविधिक प्रस्तुति तथा प्यानल छलफल आयोजना गरिएको थियो।

अध्यक्षीय मन्तव्यमा क्याम्पस प्रमुख डा. ज्ञवलीले उद्योग–शिक्षा सहकार्यमा आधारित यस्ता कार्यक्रम व्यवहारिक सिकाइ, अनुसन्धान र औद्योगिक सहकार्य विस्तारका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै NAIMA र विद्यार्थी संगठन AMESIN लाई धन्यवाद दिनुभयो।

कार्यक्रममा प्राविधिक प्रस्तुतिको सहजीकरण सहायक प्राध्यापक इ. लोचन केन्द्र देवकोटाले गर्नुभएको थियो भने प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव,नाइमा बोर्ड सदस्य तथा उद्योगपति शेखर गोल्छा र थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर इ. लक्ष्मण पालिखेल सहभागी रहनुभएको थियो।

स्वागत मन्तव्य अटोमोबिल तथा मेकानिकल इन्जिनियरिङ विभाग प्रमुख इ. देवेन्द्रबहादुर राउत र नाइमा सदस्य तथा सारडा ग्रुपका निर्देशक गौरव सारडाले दिनुभएको थियो। उहाँहरूले ‘मेक इन नेपाल’ अवधारणाअनुसार स्थानीय उत्पादन, दक्ष जनशक्ति विकास, रोजगारी सृजना, प्रविधि स्थानान्तरण तथा आपूर्ति श्रृङ्खला विकासमा CKD भेहिकल एसेम्ब्ली महत्वपूर्ण आधार बन्न सक्ने धारणा राख्नुभयो।

प्यानल छलफलमा मानव स्रोत विकास, प्रविधि सुदृढीकरण र नीतिगत स्थायित्व बिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिइयो। भारत, चीन, ब्राजिल र अफ्रिकी मुलुकहरूको अनुभव उल्लेख गर्दै नेपालमा CKD एसेम्ब्लीको दीर्घकालीन सम्भावनाबारे समेत चर्चा गरिएको थियो।

कार्यक्रमको सहजीकरण नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गर्नुभएको थियो। उहाँले ‘नाइमा मोबिलिटी संवाद’लाई अझ फराकिलो सहकार्य र युवा सहभागितासहित निरन्तरता दिइने र दशौँ श्रृङ्खला पुल्चोक क्याम्पसमा आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो।

समापन मन्तव्य काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी र नाइमा बोर्ड सदस्य यमुना श्रेष्ठले दिनुभएको थियो। उहाँहरूले आधुनिक सवारी प्रविधि, सीप विकास र सरोकारवाला सहकार्यमार्फत मात्र नेपालको अटोमोबिल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।

नीति निर्माता, उद्योग प्रतिनिधि, शैक्षिक विज्ञ, ट्राफिक प्रहरी, सञ्चारकर्मी र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा खुला अन्तरक्रिया तथा प्रश्नोत्तर सत्रसमेत सञ्चालन गरिएको थियो।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...