back
Naima

नेपाल बैंक र ॐ हस्पिटलबीच सहुलियतपूर्ण स्वास्थ्य सेवासम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको चाबहिलमा रहेको ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.ली.बीच सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। २०८२ साल पौष २३ गते सम्पन्न सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकहरूले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचार गराउँदा लाग्ने शुल्कमा विशेष छुट पाउनेछन्।

सम्झौताअनुसार अस्पतालले उपलब्ध गराउने विभिन्न उपचार सेवामा लाग्ने बिल रकममा ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था गरिएको छ।

सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले तथा ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.ली.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत ओम बहादुर महतले हस्ताक्षर गरेका छन्।

यस सम्झौताबाट नेपाल बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवारका सदस्य तथा बैंकका ग्राहकहरू ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबाट प्रदान गरिने सहुलियतपूर्ण र गुणस्तरीय स्वास्थ्य सेवाबाट लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

वि.सं.२०८३ साउन २४ आइतवार १८:३५

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:४५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...