एमएडब्लु वृद्धिद्वारा दाङमा अत्याधुनिक डोङफेङ शोरूम उद्घाटन
वि.सं.२०८२ पुस २० आइतवार
दाङ । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङमा नयाँ, स्टेट अफ द आर्ट डोङफेङ शोरूमको औपचारिक उद्घाटन गरेको छ। राप्ती अटोमार्ट प्रा. लि. सँगको साझेदारीमा सम्पन्न उक्त उद्घाटनले दाङसहित पश्चिम नेपालमा विद्युतीय यातायात विस्तार गर्ने यात्रामा एक महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ।
भव्य उद्घाटन कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तित्व, अटोमोबाइल पारखी, सञ्चारकर्मी तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि एफएनसिसीआई दाङका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ तथा विशेष अतिथि डोङफेङ मोटर इन्डस्ट्रि इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिनको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया र एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तलगायत समूहका वरिष्ठ नेतृत्व पनि सहभागी थिए।
शोरूम उद्घाटनसँगै एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले बहुप्रतीक्षित स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगोको औपचारिक अनावरण गरेका छन्।
डोङफेङको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगो आकर्षक म्याजिक क्युब डिजाइन, ९९ किलोवाट क्षमताको शक्तिशाली मोटर र ३५० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज दिने ब्याट्री प्रणालीसहित प्रस्तुत गरिएको छ। यसमा सेग्मेन्टमै पहिलो हेभेन एन्ड अर्थ टेलगेट, संगीतसँग तालमेल हुने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट, र उच्च सुरक्षाका लागि लेभल–२ एडास प्रविधिजस्ता विशेषता समावेश छन्।
साथै, अल्ट्रा–फास्ट चार्जिङ प्रविधिको प्रयोग गरिएको नामी भिगो १८ मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने क्षमतासहित आएको छ।यस अवसरमा एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले दाङमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ पनि सुरु गरेका छन्। क्याम्प अवधिभर ग्राहकहरूले नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्।
साथै ७ किलोवाटको फास्ट चार्जर र ३.५ किलोवाटको पोर्टेबल चार्जरसहितको डुअल–चार्जिङ समाधान तथा निःशुल्क अटो प्लस बीमा उपलब्ध गराइनेछ।
प्रिमियम इलेक्ट्रिक एसयुभी खोजिरहेका ग्राहकहरूका लागि सेरेस मोडेलमा अधिकतम ६ लाख रुपैयाँसम्मका विशेष लाभ प्रदान गरिने कम्पनीले जनाएको छ। सबै मोडेलमा पुराना सवारी साधनको आकर्षक मूल्याङ्कन गरिनेछ भने नयाँ शोरूममा टेस्ट ड्राइभ लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहारसमेत प्रदान गरिनेछ।
प्रकाशित समय : १४:०६ बजे





















