back

भेनेजुएलाको अर्थतन्त्र कठिन अवस्थामा : आर्थिक सङ्कट, र राजनीतिक अस्थिरताले ग्रस्त

यसरी ध्वस्त हुँदै गयो भेनेजुएलाको अर्थतन्त्र

काठमाडौं । भेनेजुएलाको अर्थतन्त्र कठिन अवस्थामा छ। देशको अर्थतन्त्र हाइपरइन्फ्लेशन, आर्थिक सङ्कट, र राजनीतिक अस्थिरताले ग्रस्त छ।  भेनेजुएलाको अर्थतन्त्रको समस्याको कारणहरु मध्ये एक हो तेल उत्पादनमा कमी, जुन देशको मुख्य आय स्रोत हो। ,

देशमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, र आर्थिक नीतिहरुको अभावले पनि अर्थतन्त्रलाई प्रभावित पार्दै आएको थियो ।

अमेरिकाले हात लिएपछि अहिले ‘अपरेशन भेनेजुएला फ्रीडम’ सुरु गरिएको छ। अमेरिकी सेनाले जमिन र आकाश दुवै मार्गबाट भेनेजुएला प्रवेश गरी त्यहाँको रक्षा प्रणालीलाईपूर्ण रुपमा आफ्नो हातमा लिएको छ ।

भेनेजुएलाको सेनाका उच्च अधिकारीहरूले अमेरीकी सेनाका अघि आत्मसमर्पण गरेको अमेरीकाका संचारमाध्यमहरुले जनाएका छन् । यस घटनाले विश्वकै राजनीतिमा तरंग उत्पन्न भएको छ ।

रुस र चीनले अमेरिकाको यस कदमको विरोध गरेका छन् । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई र उनकी पत्निलाई समेत नियन्त्रणमा लिएर न्यूयोर्कमा राखेको घोषणा गरेको छ । भेनेजुएला सदरमुकाम कराकसका मदुरो विरोधीहरूले खुसीयाली मनाउँदै उत्सव सुरु गरेका छन् भने मदुरोका समर्थकले तिब्र निन्दा गरेका छन् । जहाँ अबस्था भयाभह भएपनि मानिसहरू खाद्यान्न र सुरक्षित स्थानको खोजीमा भौतारिएका छन् ।

राजधानी कराकस र वरपर भएको अमेरिकी सैन्य आक्रमणपछि ३०० जना बढीको मृत्यू भएको समाचार एजेन्सीहरुले जनाएका छन् । भेनेजुएलाको स्वास्थ्य मन्त्रालयले यसलाई ‘नरसंहार’ को संज्ञा दिएको छ । अमेरिकाले आफ्ना सबैभन्दा आधुनिक र घातक प्रविधिहरूको प्रयोग गरेको बताइएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई तानाशाहको आरोप लाग्दै आएको थियो ।

पछिल्लो ७ बर्षदेखि यहाँ यो देश ठूलो आर्थिक संकटबाट ग्रुजिरहेको छ। राष्ट्रपति निकोलस मडूरोले समेत संकटबाट कसरी पार लगाउने भन्ने तथ्य फेला पार्न सकेका सकेनन्, उनी उल्टै अर्थतन्त्र राम्रो बनाउने भन्दा अहमबादमा पुगेर निरंकुश हुँदै गए । आइएमएफका अनुसार भेनेजुएलाको मूल्यवृद्धि सात सय प्रतिशत भन्दा माथि पुगेको छ। राष्ट्रपतिको विरुद्धमा दिनहुँ सडकमा विरोध प्रर्दशन भइरहेका बेला हमेरिकाले सत्तम हमत लिएको हो । आन्तरिक राजनीतिक द्धन्द्धको चरम अबस्थामा पुगेपछि राष्ट्रपति मडुरो विरुद्ध स्थानीयहरु आन्दोलीत हुँदै आएका थिए । राष्ट्रपति मडूरोले आफ्नो विरुद्ध विदेशी षडयन्त्र भइरहेको बताउँदै संविधानमा संशोधन आवश्यक रहेको बताउँदै आएका थिए । मडूरोको विपक्षिले उनलाई जनमत संग्रहबाट हटाउन चाहेका थिए ।

सन् १९९९मा यो पार्टी सरकारमा आएको थियो । यो पार्टी सरकारमा आएपछि लोकतन्त्र र आर्थिक अवस्था कमजोर भएको हो।भेनेजुएलाको अर्थतन्त्र पेट्रोलियम पदार्थमा आश्रित छ। यो ९५ प्रतिशत तेल निर्यातबाट आम्दानी गर्दै आएको देश हो । पछिल्लो वर्षमा तेलको आम्दानी घटेको छ ।

सरकारले तेलबाट हुने आम्दानी बढाउन ६ हजार प्रतिशतले मूल्य वृद्धि गर्यो । सिनेटमा विपक्षी दलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी मदुरोको तानाशाहीको पक्षमा छैनौं, तर बिना योजना अर्को देशमा आक्रमण गर्दा अमेरिकी सेना र विश्व शान्तिलाई जोखिममा पारिएको छ । यो अर्को ‘इराक युद्ध’ जस्तै दलदल बन्न सक्छ ।’ विपक्षीहरूले भेनेजुएलाबाट अब सुरु हुने शरणार्थी संकटले पूरै ल्याटिन अमेरिका र अमेरिकालाई नै असर गर्ने चेतावनी दिएका छन् ।

ध्वस्त हुँदै गयो भेनेजुएलाको अर्थतन्त्र

भेनेजुएला २०औँ शताब्दीको उत्तरार्धदेखि तेल–आधारित अर्थतन्त्रका कारण विश्व बजारमा परिचित थियो । १९९८ मा ह्यूगो चावेजको सत्ता कब्जापछि देशले ‘बोलिभेरियन क्रान्ति’ मार्फत समाजवादतर्फ अग्रसरता देखायो । चावेजको उद्देश्य सामाजिक न्याय र गरिब वर्गको उत्थान भए पनि यसका वित्तीय नतिजाहरू बैंकिङ क्षेत्रमा तहसनहस निम्त्याए । २००० दशकको सुरुवातमा भेनेजुएलाको बैंकिङ क्षेत्र तुलनात्मक रूपमा सुदृढ थियो ।

निजी बैंकहरूले परम्परागत वित्तीय सेवाहरू बचत खाता, ऋण, विदेशी मुद्रा कारोबार–प्रदान गरिरहेका थिए । तर चावेज सरकारले राष्ट्रियकरण र सरकारी हस्तक्षेप बढाउँदै गएपछि बैंकहरूलाई दीर्घकालीन चुनौतीहरूको सामना गर्न बाध्य पारियो ।

फोकस बैंक र वित्तीय संकट

फोकस बैंक भेनेजुएलामा एक मध्यम आकारको निजी बैंकको रूपमा परिचित थियो । यसको मुख्य उद्देश्य व्यक्तिगत र व्यवसायिक बैंकिङ सेवा प्रदान गर्नु थियो । सुरुमा बैंकले राम्रो नाफा कमाइरहेको थियो र ग्राहकहरू बीच विश्वासिलो नाम बनिसकेको थियो । तर राजनीतिक द्वन्द्व र सरकारको आर्थिक नीति परिवर्तनले फोकस बैंकलाई पनि संकटमा धकेल्यो ।

चावेज सरकारले निजी बैंकहरूमा नियन्त्रण बढाउने क्रममा ब्याज दर र ऋण वितरणमा हस्तक्षेप गर्यो। फोकस बैंक जस्ता बैंकहरूले उच्च जोखिमपूर्ण ऋण ग्राहकहरूलाई दिन बाध्य भए । साथै, तेलको आयमा गिरावट र स्थानीय मुद्रा बोलिभरको मूल्यमा अविरल घटबढले बैंकको परिसम्पत्ति मूल्य घटायो ।

मुद्रास्फीति र ऋण असफलता

तेल मूल्य घटेसँगै भेनेजुएलामा मुद्रा संकट गहिरो भयो । मुद्रास्फीति अत्यधिक बढ्दा फोकस बैंकका ग्राहकहरूले आफ्ना बचतको वास्तविक मूल्य गुमाए । ऋण लिन चाहने व्यक्तिहरूले उच्च ब्याजदर तिर्नुपर्ने स्थिति आयो, जसले बैंकको ऋण फिर्ती दर घटायो । बैंकको संकट बढ्दै गयो र सम्पत्तिमा जोखिम बढ्न थाल्यो ।

साथै, बैंकमा सरकारको हस्तक्षेपले व्यापारिक स्वतन्त्रता सीमित गर्यो । फोकस बैंकको व्यवस्थापनले वित्तीय योजना बनाउन कठिनाइ भोग्यो, र दीर्घकालीन रणनीति कार्यान्वयन असम्भव भयो । परिणामस्वरूप, बैंक दिवालिया हुने स्थिति नजिक पुग्यो ।

सरकारी हस्तक्षेप र राष्ट्रियकरण

भेनेजुएलाको सरकारी नीतिअनुसार, संकटग्रस्त बैंकहरूलाई राष्ट्रियकरण गरिने प्रचलन थियो। फोकस बैंक पनि उक्त प्रक्रिया अन्तर्गत आइरहेको थियो । राष्ट्रियकरणपछि बैंकले केही समय सेवा जारी राखे पनि दीर्घकालीन स्थायित्व कायम गर्न सकेन। ग्राहकहरूले आफ्नो बचत गुमाउन थाले र बैंकमाथि विश्वास कमजोर भयो । यो घटनाले स्पष्ट देखाउँछ कि निजी बैंकहरूको स्वतन्त्रता र सरकारी हस्तक्षेपबीच असन्तुलनले वित्तीय प्रणालीमा अस्थिरता ल्याउन सक्छ ।

नागरिक जीवनमा प्रभाव

फोकस बैंकको पतनले केवल बैंकलाई मात्र नभई आम नागरिकलाई पनि प्रभावित पार्यो । बचत गर्नेहरूले ठूलो आर्थिक क्षति भोगे । व्यवसायीहरूले ऋण पाउन कठिनाइ महसुस गरे । मुद्रास्फीति र विदेशी मुद्रा अभावका कारण दैनिक उपभोग्य वस्तुहरू किन्न कठिन भयो । बैंकिङ प्रणालीमाथिको विश्वास गुम्दा आर्थिक गतिविधि सुस्त भयो ।

फोकस र अन्य निजी बैंकहरूको संकटले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्यो। विदेशी लगानीकर्ताहरूले भेनेजुएलामा लगानी घटाए। आइएमफ र विश्व बैंकले वित्तीय अस्थिरताको नजिकबाट विश्लेषण गरे । विदेशी मुद्रा आपूर्ति घटेपछि आयातमा कमी आयो, र दैनिक उपभोग्य वस्तुको अभाव बढ्यो ।

भेनेजुएलामा राजनीतिक द्वन्द्व, तेल मूल्यमा गिरावट, अत्यधिक मुद्रास्फीति, र सरकारी हस्तक्षेपले फोकस बैैंकसहित सम्पूर्ण बैंकिङ क्षेत्रलाई तहसनहस बनायो। फोकस बैंकको पतनले निजी बैंकहरूको स्वतन्त्रता, वित्तीय पारदर्शिता, र स्थिर आर्थिक नीति आर्थिक संरचनाको लागि अनिवार्य हुन्छ ।

nactional life
Corporatebazar 11 Anniversary

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...