back

हिमालयन बैंकको एफपीओ बाँडफाँट, कति जनाले पाए ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार बैंकको एफपीओमा जम्मा १८ लाख २५ हजार ९२२ आवेदकबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।सोमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लगानीकर्ताहरुलाई बाँडफाँट गरिएको छ। जस अनुसार कुल ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष भएको ९ कित्ता शेयर सोही लगानीकर्ताहरुमध्ये २० कित्ताका लागि आवेदन दिनेहरुमा बाँडफाँट गरिएको छ। यस अनुसार ९ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।

बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...