back

घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ४७.९३ अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

नेप्सेमा आएको गिरावट सँगै आज परिसुचक २९५४.१४ बिन्दुमा झरेर रोकिएको छ । अघिल्लो दिन नेप्से तीन हजार बिन्दु माथि उक्लीएको थियो । यस दिन कुल ३२७ स्टकको १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर कारोबार भएको छ । १ लाख ४१ हजार ५२० पटकको कारोबारमा उक्त कारोबार भएको हो । अघिल्लो कारोबार दिन मंगलबार १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स १०.७५ अंकले घटेको छ । फ्लोट इण्डेक्स ३.६३ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७४ अंकले घटेको छ । यसदिन सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सान्भी इनर्जीको शेयर मूल्य यसदिन प्रतिकित्ता ७६.९० रुपैयाँले बढेर ८४५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ट्रेड टावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८६.२० रुपैयाँले वृद्धि भएर ९४८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । समता हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ७७.४३ रुपैयाँले बढेर १२२६.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सिकलेस हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता ४९.२५ रुपैयाँले बढेर १००३.९२ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

यसदिन ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ८.०४ प्रतिशतले घटेर १२४७.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कालिका पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६.०१ प्रतिशतले घटेर ६३०.४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, सिवम् सिमेन्ट र ग्रिनभेन्र्चस लिमिटेड कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

वि.सं.२०८२ चैत १८ बुधवार १५:३९

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।...

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८२ चैत १६ सोमवार १६:३१

काठमाडौं । शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो...

बालेन नेतृत्वको सरकारलाई सेयर बजारको रातो कार्पेट, नेप्से परिसूचक ७१ अंकले घट्यो

बालेन नेतृत्वको सरकारलाई सेयर बजारको रातो कार्पेट, नेप्से परिसूचक ७१ अंकले घट्यो

वि.सं.२०८२ चैत १५ आइतवार १६:१९

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन पछि सेयर...

कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

वि.सं.२०८२ चैत १० मंगलवार १०:३७

काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले आजदेखि आईपीओ निष्कासन तथा...

सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन

सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन

वि.सं.२०८२ चैत ९ सोमवार १०:०४

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (चैत ९ गते) देखि...

सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला

सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला

वि.सं.२०८२ चैत ८ आइतवार १७:३०

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा...