back

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ सवारी साधन लन्च हुने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च गर्ने भएको छ ।सोमबार नाइमाले पत्रकार सम्मेलनको आयोजनागरी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च गर्ने जानकारी दिएको हो ।

आयोजकका अनुसर भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने छन् भने विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने छ ।

प्रर्दशनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मगि गाडीहरु सार्वजनिक हुनेछन् ।

यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ ।

प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई दश हजार नगद पुरस्कार प्रदान गरिने छ ।

कार्यक्रममा नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो २०२५ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरिन्।

यसका साथै प्रर्दशनीको पांचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसन हुनेपनि जानकारी दिइन् ।

नाइमा मोबिलिटी एक्स्पो २०२५ श्रावण २१ देखि २५ गतेसम्म आयोजना हुँदैछ जहाँ ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन्। प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सवारी साधनबाट हुने वायु प्रदूषण रोक्न नयाँ मापदण्ड स्वीकृत: पुराना र नयाँ सवारीमा कडा उत्सर्जन सीमा लागू हुँदै

सवारी साधनबाट हुने वायु प्रदूषण रोक्न नयाँ मापदण्ड स्वीकृत: पुराना र नयाँ सवारीमा कडा उत्सर्जन सीमा लागू हुँदै

वि.सं.२०८३ साउन १२ मंगलवार १८:०६

काठमाडौँ। नेपालमा सडकमा सञ्चालनमा रहेका सवारी साधनबाट उत्सर्जन हुने धुवाँ...

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

वि.सं.२०८३ साउन ११ सोमवार ०९:३८

काठमाडौं । भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड...

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

वि.सं.२०८३ साउन ५ मंगलवार १३:५५

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन...

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

वि.सं.२०८३ साउन ५ मंगलवार १३:४६

काठमाडौं । प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...