back

बैंक सम्बन्धि ऐनका केही दफाहरुले अर्थतन्त्र संकुचनतर्फ लैजाने चिन्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐनको केही दफाहरुले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्ने बताएका छन् ।

सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले विधेयकको दफा २ को ‘च’ मा भएको व्यवस्थाको आधारले बैङक तथा बित्तीय संस्थाको तर्फबाट कारोवार गर्न नपाउने हो भने यसले पूरै अर्थतन्त्रलाई संकुचनतर्फ लैजाने बताएका हुन् ।

उनले भने, ‘बैंक तथा बित्तीय संस्था सम्बन्धी यही ऐन रहने हो भने यसको केही दफाले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्नेछ । विधेयकको दफा २ को ‘च’ मा कुनै व्यक्ति वा संस्थाले बैंक वा बित्तीय संस्थाको चुक्त्ता पूँजीको एक प्रतिशत वा सो भन्दा बढि शेयर लिएको वा शेयर स्वामित्वको काम बैंक वा बित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्न सक्ने भनेकामा यो एक प्रतिशतको ठाउँमा दुई प्रतिशत संशोधनमा राखिएको छ ।’

उनले थप भने,‘यसको आधारमा ८ को १६ करोड शेयर लिएको व्यक्ति बैङक तथा बित्तीय संस्थाको तर्फबाट कारोवार गर्न नपाउने हो भने यसले पूरै अर्थतन्त्रलाई संकुचनतर्फ जाने हुन्छ ।’
उनले बैंक पनि आफै चलाउने र ऋण पनि आफै चलाउने भन्ने गलत हिसावको दृष्टिकोण राखिएको भन्दै यो एक प्रतिशतबाट बढाउन नहुने बताए ।

‘म बैंकको अध्यक्ष पनि भएको हिसावले भन्नु या बैंक पनि आफैं चलाउने अनि ऋण पनि आफैं चलाउने भन्ने गलत हिसावको दृष्टिकोण राखिएको छ जुन चिज नबुझिएर निकालिएको हो । यो एक प्रतिशतबाट बढाउनु हँुदैन,’ उनले भने ।

आज समितिमा बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गरिएको थियो । सो क्रममा सांसद विराजभक्त श्रेष्ठ, अर्थविज्ञ अनलराज भट्टराई, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रालगायतले धारणा राखेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

वि.सं.२०८३ साउन ४ सोमवार १५:४१

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

वि.सं.२०८३ साउन ४ सोमवार १५:३६

काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्ने उद्देश्यले...

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

वि.सं.२०८३ साउन ४ सोमवार १५:१५

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षको गौरवमय...

३०औँ वार्षिकोत्सवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘SALICO सुरक्षा रन २०२६’ भव्य सम्पन्न

३०औँ वार्षिकोत्सवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘SALICO सुरक्षा रन २०२६’ भव्य सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:१३

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा...

कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशत बढ्यो

कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशत बढ्यो

वि.सं.२०८३ साउन ४ सोमवार १५:१०

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन ४ सोमवार १५:०८

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई...