back

सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य, लगेज किन्दा ४० प्रतिशत छुट

काठमाडौं । नेपाली यात्रुहरूको यात्रालाई अझ सहज र विशेष बनाउने उद्देश्यसहित, नेपालको प्रमुख अनलाइन ट्राभल प्लेटफर्म sastotickets.com ले अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रिमियम लगेज ब्रान्ड Swiss Military सँग आधिकारिक सहकार्य घोषणा गरेको छ । यस साझेदारीमार्फत गुणस्तरीय ट्राभल ब्याग तथा लगेजहरू अब निक्कै किफायती मूल्यमा उपलब्ध हुनेछन् ।

यस विशेष सहकार्य अन्तर्गत, सस्तो टिकेट्समार्फत फ्लाइट बुक गर्ने यात्रुहरूलाई स्विस मिलिट्री को लगेज तथा ब्याकप्याक कलेक्सनमा ४० प्रतिशत सम्म छुट प्राप्त हुनेछ । सस्तो टिकेट्स मार्फत टिकट काटिसकेपछी यात्रुहरूलाई छुट प्राप्त गर्न विशेष लिंक तथा क्युआर कोड इमेलमार्फत प्राप्त हुनेछ, जसको प्रयोग गरी उनीहरूले स्विस मिलिट्रीको प्रिमियम उत्पादनमा आकर्षक छुट पाउन सक्नेछन् ।

विश्वभर टिकाउ र स्टाइलिश ट्राभल गियरको लागि परिचित स्विस मिलिट्रीले हालै नेपालमा आफ्नो आयात तथा वितरण कार्य सुरु गरेको छ । यो जसले नेपाली बजारमा उच्च गुणस्तर र भरपर्दो सामानको ग्यारेन्टी दिने उद्देश्य बोकेको छ, स्विस मिलिट्रीले आफ्ना उत्पादनहरुमा १० वर्षको वारेन्टी समेत प्रदान गर्दै आएको छ । नेपालको बजारमा यस्तो वारेन्टी र आर्कषक छुट सुविधा पहिलोपटक आएको हो ।

स्विस मिलिट्री नेपालका प्रतिनिधि वासु सर्राफ भन्छन्, “नेपालको अग्रणी अनलाइन ट्राभल एजेन्सी सस्तो टिकेट्ससँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं । हाम्रो उद्देश्य यात्रुको समग्र यात्रा अनुभवलाई उचाइमा पु¥याउनु हो । उनीहरूलाई स्विस मिलिट्रीको विश्वस्तरीय लगेज किफायती मूल्यमा उपलब्ध गराउनु हो ।”

सस्तो टिकेट्सका मार्केटिङ प्रमुख विशाल दाहाल ले पनि यस सहकार्यमा उत्साह व्यक्त गर्दै भने, “हाम्रो उद्देश्य सधैं नेपाली यात्रुहरूलाई सस्तो, सहज र भरपर्दो यात्रा सेवा प्रदान गर्नु हो । पछिल्लो ८ वर्षमा हामीले ग्राहकहरूको विश्वास जित्दै उत्कृष्ठ ब्रान्ड निर्माण गरेका छौं । स्विस मिलिट्रीसँगको यो सहकार्य मार्फत हामीले हाम्रा ग्राहकहरूलाई यात्रा सुरु हुनु अघि नै अझ उत्कृष्ट अनुभव दिन खोजेका हौं ।”

नेपालको ट्राभल तथा ई–कमर्स क्षेत्रमा यो पहिलो प्रकारको सहकार्य हो, जसले उत्कृष्ट उत्पादनलाई सहज अनलाइन बुकिंगसँग जोड्ने नयाँ अभ्यास सुरु गरेको छ । दुबै कम्पनीहरूले भविष्यमा पनि यस्तै नविन र भ्यालु एडिसन गर्ने थप योजनाहरू ल्याउने प्रतिबद्धता जनाएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...