back
Naima

३०औँ वार्षिकोत्सवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘SALICO सुरक्षा रन २०२६’ भव्य सम्पन्न

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न गरेको छ। स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै बीमाको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले Temple Run को सहकार्यमा दौड प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा ५०० भन्दा बढी धावक तथा सहभागीको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ। दौड नक्साल भगवती मार्गस्थित कम्पनीको केन्द्रीय कार्यालयबाट सुरु भई ज्ञानेश्वर, कमलपोखरी, घण्टाघर र उत्तरढोका हुँदै पुनः केन्द्रीय कार्यालयमै आएर समापन भएको थियो।

कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष मनोहर दास मुलले रिबन काटेर गरेका थिए। सहभागीहरूको उत्साह, ऊर्जा र सक्रियताले कार्यक्रमलाई थप आकर्षक र सफल बनाएको कम्पनीको भनाइ छ।

दौडपछि सहभागीहरूका लागि विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधि पनि आयोजना गरिएको थियो। सबै सहभागीलाई सहभागिता पदक प्रदान गरिएको थियो भने पुरुष तथा महिला विधाका प्रथम विजेतालाई रु. ९ लाखसम्मको SALICO Arogya Health Insurance सहित नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा सामाजिक सेवामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ। गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशस्थित मानव सेवा आश्रममा भोजन वितरण, लुम्बिनी प्रदेशमा रक्तदान कार्यक्रम तथा मधेश प्रदेशस्थित आमाको माया छात्रावासमा भोजन र खाद्यान्न वितरण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस्ता कार्यक्रमले स्वस्थ जीवनशैलीको प्रवर्द्धन, बीमा सचेतनाको विस्तार तथा समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व, स्वास्थ्य प्रवर्द्धन तथा जनहितका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

वि.सं.२०८३ साउन २४ आइतवार १८:३५

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:४५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...