back

मेरो कुनै पनि बैंकमा आज एक प्रतिशत पनि शेयर छैन : दीपक मल्होत्रा

काठमाडौं । चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले आफ्नाे कुनै पनि बैंकमा आज एक प्रतिशत पनि शेयर नभएकाे बताएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा उल्लेख भएका बुँदाहरु नै कानून बनेमा अर्थतन्त्रमा संकट आउने पनि उनले बताए ।

केही समयअघि राष्ट्र बैंकले चालु पुँजी कर्जाबारे केही नसोची नियम ल्याउँदा बजारमा उथलपुथल भएको स्मरण गराए। त्यसरी नै सरोकारवालाको सुझावविपरित विधेयकको मस्यौदामा भएको नियम लागु भयो भने झनै ठूलो संकट उत्पन्न हुने उनको भनाइ थियो । त्यसैले कुनै पनि हालतमा विना छलफल आर्थिक संकट उत्पन्न हुनेगरी कानून ल्याउन नहुनेमा उनले जाेड दिए । उनले भने, ‘डिटेल त मैले लिखितमा ल्याएको छु । तरपनि यहाँ छोटो रुपमा भन्न चाहन्छु । मात्र के भन्न चाहान्छु भने चन्द्र ढकालजीले भनेझै उहाँ बैंकर्स भएकै कारण विधेयकमा आफ्नो स्वार्थका लागि केही भन्नुभयो कि भनेर प्रश्न उठ्न सक्छ । तर मेरो आफ्नो व्यक्तिगत कुरा गर्दा मेरो कुनै पनि बैंकमा आज एक प्रतिशत पनि शेयर छैन । र मलाई आज बन्देज पनि लाग्दैन । तर समग्र नेशनको हिसावले आजको समस्याको विषयमा कुरा गर्नुपर्दा चेम्बरको तर्फबाट कुरा गर्नुपर्दा उहाँले राख्नुभएको कुरामा नै मेरोपनि फोकस यसैमा हो । एक प्रतिशतभन्दा बढी शेयर जसको छ उसले कुनैपनि बैंकबाट ऋण लिन नपाउने आफ्नो कम्पनी र अरु कुनै कम्पनीमा नाम छ भने पनि लिन नपाउने भन्ने नियम छ त्यो वास्तवमै डिजास्टर हुन्छ ।

जसरी केही समय अघि राष्ट्र बैंकले चालु पूँजी कर्जा केही नसोची नियम ल्याउँदा बजार उथल पुथल बनायो । त्यसरी नै यो नियम लागू हुँदा पनि झन धेरै उथल पुथल हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । यसलाई कुनैपनि हालतमा ल्याउन दिनुहुँदैन यही नै प्रमुख कुरा हो ।’ उनले यस प्रकारका संकुचनकारी नीति बनाउँदै जाने हो भने उद्यमशीलता र रोजगारी सिर्जना गर्ने वातावरण नरहने स्पष्ट पारे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

सेयर बजारको संकट: सिंहदरबार पुग्यो सुधारको १२ बुँदे एजेन्डा (सूचीसहित)

वि.सं.२०८३ साउन ४ सोमवार १५:५०

काठमाडौँ । नेप्सेको निरन्तर गिरावट र लगानीकर्ताको खस्कँदो मनोबललाई चिर्न...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ साउन ४ सोमवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबर दिन सेयर बजारमा दोहोरो अंकले...

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

पूँजी बजार सुधार्न प्रधानमन्त्री शाहको ‘रोडम्याप’: के सिंहदरबारको बैठकले फर्काउला नेप्सेमा हरियाली?

वि.सं.२०८३ साउन ४ सोमवार १३:४५

काठमाडौँ। नयाँ सरकार गठन भएसँगै पूँजी बजारमा जुन ऐतिहासिक उत्साह...

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...