back

सरकारले चासो नदिंदा मुगुका पर्यटकीय गन्तब्यहरु ओझेलमा

मुगु । नेपालकै चर्चित पर्यटकीय केन्द्र रारा ताल बाहेक मुगुका उत्तर–पूर्वी क्षेत्रमा रहेका महत्वपूर्ण गन्तब्यहरु प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन् । विशेषगरी मुगमाकामारोङ्ख गाँउपालिकामा रहेका महत्वपूर्ण धार्मिक शक्तिपिठ, झरना, गुम्बा, ,सास्कृतिक, रितिरीवाज, हिमाल, नदी तालललैया, तामाखानी, दाउराको ढुङ्खा, तिहार बगर, छाँयानाथ, लोपमुलक बन्यजन्तु, जडिबुटीलगायतका आकर्षित क्षेत्र प्रचारको अभावमा ओझेलमा परेका हुन् ।

जिल्लाको पर्यटन विकास र प्रबद्र्धनका लागि एकीकृत योजना नहुँदा पर्यटकीय गन्तव्यहरु ओझेलमा परेका हुन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको सूचि जिल्लाले निर्माण गर्न सकेको छैन् । चारवटै स्थानीय तहले आ –आफ्नो क्षेत्रभित्रका पर्यटकीय गन्तव्यको सूची बनाई पर्यटन विकास र प्रबद्र्धनका लागि एकीकृत योजना बनाउनुपर्ने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।

पछिल्लो समय भौतिक विकास भएपनि प्राकृति, सांस्कृतिक, ऐतिहासिक परिचय माथि उठाउन पहल नभएको सरोकारवालाहरुको भनाई छ । स्थानीय सरकार साथै राज्यका तीनवटै तहका सरकारबाट बजेट विनियोजन ,प्रचार प्रचारका कार्यक्रम निर्माण नगरेका कारण मुगमकामारोङ्ख गाँउपालिका भित्रका गन्तब्यहरु ओझेलमा परेका हुन् ।

यहाँका पर्यटकीय स्थलहरुमा स्थानीयदेखि संघीय सरकारले चासो नदेखाएकाले गुमगाम रहेको मुगमकामारोङ्ख गाँउपालिका वडा नम्बर ८ का स्थानीय सोनाम लामाले बताए । ‘यी क्षेत्रको प्रचार प्रसार एवम प्रबद्र्धनमा कसैको चासो छैन् । स्थानीय सरकारका प्रमुखहरुले भने पर्यटन गुरु योजना बनाउने भन्न छाडेका छैनन् । पर्यटन विकासको गुरु योजना बनाएर गाउँपालिकाको पर्यटन प्रबद्र्धन गर्नेदेखि पालिकाभित्र स्थलहरुको बारेमा नीति बनाएका छैनन् । तर भौतिक विकास र मानवीय विकाससंग पर्यटन विकास जोड्नेगरी योजना बनाएपनि प्रचार नहुँदा गन्तब्यहरु ओझेलमा छन्,’ स्थानीय उगिन नुडुप लामाले भने ।

पर्यटनको राम्रो सम्भावना बोकेका छाँयानाथ रारा नगरपालिका पछिको मुगमकामारोङ्ख गाँउपालिका प्रमुख मानिन्छ । सबैभन्दा बढी बैद्धिक र्धमलम्बीहरुको बस्तीहरु बसोवार रहेको हुनाले यहाँका गुम्बा, गुफा, मठ, मन्दिर, मौलिक शैलीका घर, अथिति सत्कार, रैथाने अन्नबाली, जडिबुटीको प्रचारमा नजर जानेहो भने राम्रो फाइदा लिनसक्ने पर्यटक लक्ष्मी प्रसाद पाण्डेको भनाइ छ ।

स्थानीय सरकारबाट केही काम भएपनि लक्ष्य अनुसार काम हुन नसकेको र प्रदेश एवम संघीय सरकारसंग बजेटका लागि पहल गरेपनि सहयोग नभएको वडा नम्बर ८ का वडा अध्यक्ष पेमा टुन्डुप लामाले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३९

काठमाडौं । नेपालमा आन्तरिक पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित...

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

वि.सं.२०८३ असार ७ आइतवार १४:४१

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड...

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

वि.सं.२०८३ असार ३ बुधवार १८:३५

काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण...

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२१

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने...

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...