back

महानिरीक्षक थापाको निर्देशन : उच्च मनोबलका साथ परिचानल हुनुहोस्

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा शनिबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक थापाले आ-आफ्नो क्षेत्रमा कुनैपनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिए ।

आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम् प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारवाही गर्नुपर्ने उल्लेख गर्दै आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालित हुनुपर्नेमा जोड दिए ।अवैध हातहतियार ओसार पसार, विष्फोटक पदार्थ ओसार पसार, तस्करी एवम् गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढंगले अगाडी बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू एवम् जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड

सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड

वि.सं.२०८३ वैशाख ३० बुधवार ११:०६

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक...

चीन भ्रमणमा निस्किए ट्रम्प, व्यापार मुख्य एजेन्डा हुने

चीन भ्रमणमा निस्किए ट्रम्प, व्यापार मुख्य एजेन्डा हुने

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने उच्चस्तरीय चीन भ्रमणका...

राष्ट्रियसभाको बैठक बस्दै, के छ कार्यसूची ?

राष्ट्रियसभाको बैठक बस्दै, के छ कार्यसूची ?

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:२७

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक आज...

हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना

हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१३

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू...

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३६

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...