back

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेपछि विश्वभरका धेरै एयरलाइन्सले भाडादर बढाएका छन् । तर नेपालका आन्तरिक वायुसेवा कम्पनीहरू भने यात्रु आकर्षित गर्न छुट योजनामार्फत प्रतिस्पर्धामा उत्रिएका छन् ।

विशेषगरी मलमास र वर्षायामका कारण यात्रुको चाप घटेपछि विभिन्न एयरलाइन्सले आफ्ना वेबसाइट, मोबाइल एप तथा डिजिटल प्लेटफर्ममार्फत विशेष छुट योजना सार्वजनिक गरेका हुन् ।

यस क्रममा बुद्ध एयरले धनगढी उडानमा १ हजार २०० रुपैयाँ, सुर्खेत र नेपालगञ्जमा १ हजार रुपैयाँ, भद्रपुरमा ८०० रुपैयाँ तथा भैरहवामा ६५० रुपैयाँसम्मको छुट उपलब्ध गराइरहेको छ । साथै कम्पनीले माइलेज प्वाइन्टसमेत प्रदान गरिरहेको जनाएको छ ।

यति एयरलाइन्स र श्री एयरलाइन्सले पनि आफ्ना विभिन्न प्लेटफर्ममार्फत यस्तै प्रकारका छुट योजना सञ्चालन गरिरहेका छन् । एयरलाइन्सबीच बढ्दो प्रतिस्पर्धाले यात्रुहरूलाई भने प्रत्यक्ष लाभ पुगेको छ ।

भद्रपुरबाट काठमाडौं यात्रा गरेकी उर्मिला लिम्बुले छुट योजनाले यात्रामा केही राहत मिलेको बताइन् । धनगढीका आलोक विष्टले पनि महँगो भाडादरका बीच १ हजार २०० रुपैयाँ छुट पाउँदा आफ्नो खर्च घटेको प्रतिक्रिया दिए । यसैबीच बुद्ध एयरका मार्केटिङ अफिसर रुपेस जोशीले अहिले लागू गरिएको व्यवस्था भाडादर समायोजन नभई ‘स्किम’ भएको स्पष्ट पारेका छन् ।

उनले भने, “यो भाडा समायोजन होइन, स्किम मात्रै हो। बुद्ध एयरको ‘फ्लाइ क्लब’ (माइलेज कार्ड) का सदस्यहरूलाई छुट सुविधा दिइएको हो ।”

जोशीका अनुसार उक्त योजना गत जेठ १ गतेदेखि लागू गरिएको हो भने हाललाई करिब एक महिनासम्म सञ्चालन हुने गरी ल्याइएको छ । योजनाको अवधि आवश्यकताअनुसार परिवर्तन हुन सक्ने भएकाले अहिले नै निश्चित समय तोक्न नसकिने उनले बताए ।

हवाई सेवामा बढ्दो छुट योजनाले यात्रु आकर्षित गर्न सहयोग गरे पनि यसले एयरलाइन्सहरूको वित्तीय अवस्थामा कस्तो प्रभाव पार्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुने देखिन्छ । अपुष्ट रूपमा केही आन्तरिक एयरलाइन्समा कर्मचारीको तलब वितरणमा ढिलाइ भएको चर्चा पनि सुनिन थालेको छ। जानकारहरूका अनुसार वित्तीय दबाब बढेमा विमान मर्मतसम्भार तथा इन्जिन व्यवस्थापनमा समेत असर पर्न सक्ने जोखिम रहन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३९

काठमाडौं । नेपालमा आन्तरिक पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित...

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

वि.सं.२०८३ असार ७ आइतवार १४:४१

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड...

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२१

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने...

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

वि.सं.२०८३ जेठ २० बुधवार १०:३४

इलाम । पूर्वी पहाडकी रानी मानिने इलामले आगामी जेठ तेस्रो...