back

राजसंस्थालाई मागी खाने भाँडो बनाइयो, पूर्वराजालाई भ्रममा राखियो

काठमाडौं । पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालालगायतका वरिष्ठ नेताहरु बसेको काठमाडौं महाराजगन्जस्थित एक निवासमा घरधनीको अर्धकदको शालिक अनावरण गरिएको छ ।

लामो समय नेपाली कांग्रेसको राजनीतिपछि हाल नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष बनेका राजेश अधिकारीको अगुवाइमा निर्माण गरिएको स्वर्गीय माधवराज अधिकारी र अकलादेवी अधिकारीको अर्धकदको शालिक अनावरण गरिएको हो । अधिकारीद्वयलगायत चार जनाले करिब २० बर्षअघि स्वर्गद्धारीमा सवारी दुर्घटनामा ज्यान गुमाएका थिए ।

यसअघि चितवन २ नागरिक उनमुक्ति पार्टीबाट चुनाव समेत लडेका उपाध्यक्ष अधिकारीले शालिक अनावरण कार्यक्रममा बोल्दै नेपाली नेताहरुले आफ्नो जिम्मेवारी भूलेको बताए ।
उनले भने, ‘नेपाली जनताले परिवर्तन खोजेका छन् । युवाले अवसर खोजेका छन् । शुक्रबार तीनकुनेको घट्ना जनताको आक्रोश हो । रुपान्तरणकारी शक्तिलाई विश्वास गरेको अवस्थामा सरकारको दिग्भ्रमितपन हो । उहाँहरुको वेहोसीपन हो र उहाँहरुको डरछेरुवापन हो ।

उहाँहरुले राज्य आतङ मच्चाएर राज्यको शक्तिमा जनताले कर तिरेको पैसाबाट लगाएका प्रहरीहरुको दुरुप्रयोग गरेर गरेको परिणाम हो । त्यो राज्यले भोग्नुपर्छ । पत्रकारको मृत्युवरणसम्मको कुरा अत्यन्तै खेदपुर्ण छ । सरकारले नैतिकताको आधारमा गृहमन्त्री र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ र नयाँ विकल्पको खोजी गर्नुपर्छ । नागरिक उन्मुत्ति पार्टीको माग पनि हो ।’
यस्तै उनले राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई भ्रममा पारेर राजसंस्थालाई मागी खाने भाडो बनाएको बताए ।

‘राप्रपाभित्र यति धेरै पुरातन सोचको जरा गाडेको छ नि त्यहाँभित्र नयाँ, नौलो रुप नै छैन् । राजालाई कुन हदसम्म संवैधानिक अधिकार दिने भन्ने विषय प्रस्ट पारेर आउनुपर्छ । उहाँहरुको हिन्दु राज्य एउटा बटमलाइन देखिन्छ र राजसंस्थालाई मागी खाने भाडो बनाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई उहाँहरुले झुक्याइरहेको जस्तो देखिन्छ । उहाँलाई झुक्काउने र फसाउने र राजाको नाममा आफूले राजनीति गर्न खोजेको जस्तो देखिन्छ,’ उनले भने । उनले कानून संशोधन गर्नुपर्ने र संघीयता थेग्न नसक्ने हो भने हटाउनुपर्ने पनि बताए ।

nactional life
Corporatebazar 11 Anniversary

हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना

हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१३

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू...

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३६

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई...

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको...