back

कोरोना कहर : रौतहटका मजदुरलाई छाक टार्नै हम्मे

nactional life

रौतहट – अघिल्लो सालको बन्दाबन्दि सेलाउन नपाउदै फेरि निषेधाज्ञा र लकडाउन शुरु भएपछि रौतहटका होटल मजदुर ,यातायात मजदुर ई रिक्सा चालक तथा ठेला चालकको चुल्लो नबल्ने अवस्था रहेका छ ।

बस चल्न नपाएका कारण चन्द्रनिगाहपुर गौर रोडमा चल्ने बसका मजदुरलाई दुई छाक खान पनि धौ धौ परेको उनीहरुको गुनासो रहेको छ । दिन भरी चन्द्रनिगाहपुर र गौरमा ठेला चलाएर घर चलाउदै आएका ठेला मजदुरले समेत काम अभावमा खान समस्या भएको गुनासो गरेका छन्।

जिल्लाका बिभिन्न स्थानमा ई रिक्सा चलाएर जिवन चलाउदै आएकाहरुको घरमा खाने चामल नभएर चरम समस्या आएको रिक्सा चालक केदार प्रसाद तिमलसिनाले बताए ।

चन्द्रनिगाहपुर गौर सडक खण्डमा बिगत लामो समय देखी सवारी चालकको काम गर्दै आएका संजिव यादवले महिनौ देखी बस थन्केका कारण परिवारलाई खुवाउन समस्या परेको गुनासो गरे ।

दिनभरी बस चलाएर सांझ भत्ता ल्याएर चामल तरकारी किनेर खाने हामी मजदुर लकडाउन र निषेधाज्ञाले ठुलो समस्यामा परेका छौ, हाम्रो समस्या हेर्ने कोही भएन ,उनले गुनासो गरे ।

रौतहट जिल्लाको चन्द्रनिगाहपुर बाट लामो तथा छोटो दुरीका गरी ७२ वटा भन्दा धेरै बस जिल्लाभरी चल्ने गरेकामा अघिल्लो सालदेखिको बन्दाबन्दिले सेवा बन्द भएसंगै ती बसमा काम गर्ने मजदुरका परिवारमा खाद्ययान्न अभाव रहेको रौतहट बस ब्यावसायी सेवा प्राली चन्द्रनिगाहपुरका ईन्चार्ज शैलेस गिरीले बताए ।

रौतहट बस ब्यावसायी सेवा प्रालीमा अवद्ध करिव तीन सय यातायात मजदुर कोरोनाको कहरले भन्दा खान नपाएर समस्याले मर्ने अवस्थामा पुगेको भए पनि त्यस तर्फ सम्बन्धीत निकायले चासो नदिएको गिरीको भनाइ रहेको छ ।

दिन भरी काम गरेर कमाएर ल्याएको पैसाले परिवार पाल्दै आएकोमा पछिल्लो समयको बन्दाबन्दीका कारण परिवार पाल्न धेरै समस्या भएको चन्द्रनिगाहपुरका अर्का बस मजदुर विरेन्द्र पटेलले बताए ।

गौर – काठमाण्डौ चल्ने आफ्नो बस चलाउन नपाउदा राखैकै ठाउमा बसको टायर र बडी नै कुहिने अवस्था पुगेको र बैंकको ब्याज समेत तिर्न नपाएको धुम थ्रि नामको बसका संचालक दिपक तिमलसिनाको गुनासो रहेको छ ।

उनले राज्यले निषेधाज्ञा लकडाउनको बिकल्प खोजेर यातायात संचालनको ब्यावस्था गरे आफुहरुले राहत पाउने बताए । बन्दाबन्दीका कारण बस मजदुर जस्तै समस्यामा रौतहटमा ठेला चलाएर जिविका चलाउने मजदुरहरु पनि परेका छन्।

ठेला चलाएर जिविका चलाउदै आएका मोहमद सम्सुल हकले बन्दाबन्दीका कारण परिवार पाल्न समस्या भएको बताउछन । जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा रहेका साना तथा ठुला होटल बन्द हुदा ती होटलमा काम गर्ने मजदुरको रोजगारी नै गुमेको छ ।

२०७८ जेठ १० गते प्रकाशित।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...