back

यसकारण रोकियो बलेवा विमानस्थल र बसपार्कको कालोपत्रे

nactional life

काठमाडौँ । निर्माणको अन्तिम चरणमा पुगेका बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित बनेको छ । पूर्वाधार निर्माण सम्पन्न भई कालोपत्रेको मात्रै काम रहेको बलेवा विमानस्थल र बागलुङ बसपार्कको कालोपत्रे गर्ने काम रोकिएको छ ।

जिल्लामा अन्य निर्माण कार्य निर्वाधरूपमा भइरहे पनि दुई आयोजना निषेधाज्ञा भन्दै रोकिएका छन् । वैशाखमै कालोपत्रे गर्ने भनिएको बलेवा विमानस्थलको धावनमार्ग र आधुनिक बागलुङ बसपार्कको काम अहिले रोकिएको निर्माण व्यवसायीले बताएका छन् ।

दुवै आयोजना अक्पार्ड प्रविधिबाट कालोपत्रे गरिने भए पनि प्लान्ट नपाउँदा कालोपेत्रमा समस्या भएको निर्माण कम्पनीको दाबी छ । जिल्लामा निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले निर्देशन दिएको छ तर निर्माण सामाग्री समयमा नपाइएको तथा अन्य आवश्यक उपकरण र सामाग्री निषेधाज्ञाका कारण मुल्य वृद्धि भएकाले दुई ठूला आयोजनाको काम अन्तिम अवस्थामा आएर रोकिएका हुन् ।

जिल्लाको भविष्यसँग जोडिएका बलेवा विमानस्थल तथा बागलुङ बसपार्क अन्तिम चरणमा पुगेर रोकिनु दुःखद् भएको स्थानीयवासी बताउँछन् । प्लान्ट जडानमा ढिलाइ हुँदा समयमै कालोपत्रे गर्न नसकिएको विमानस्थल कालोपत्रेको जिम्मा पाएको काष्ठमाण्डप निर्माण सेवाका प्रतिनिधि बासु थापाले बताउनुभयो । म्याग्दी जाने सडक छेउमा अक्पार्ड प्रविधिको कालोपत्रे गर्ने सामग्री उत्पादनको प्लान्ट निर्माण भइरहेकाले केही ढिलाइ भएको थापाको भनाइ छ । प्लान्ट निर्माण हुनासाथ १० दिनमै विमानस्थलको धावनमार्ग कालोपत्रे सकिने थापाको दाबी छ ।

यता प्लान्टकै कारण नगरपालिकाको अगुवाइमा निर्माण थालिएको बागलुङ बसपार्क सञ्चालनमा ढिलाइ भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । निषेधाज्ञा बहाना मात्रै भएको र काम गर्नेलाई समस्या नभएको नगर प्रमुख पौडेलको भनाइ छ ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले विमानस्थल पुनर्निर्माणको काम द्रुत गतिमा भएको जनाएको छ । यद्यपि यही जेठ मसान्तभित्र निर्माण सक्ने तयारी भए पनि निर्माण सम्पन्न हुनमा केही आशङ्का जन्मेको छ ।

विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि विमानस्थल बन्द भएको थियो ।

बसपार्क निर्माणका लागि बागलुङ–४ उपल्लाचौरमा १८ वर्षअघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क नगरपालिकालाई उपलब्ध गराएका थिए । यतिका वर्षपछि बसपार्क निर्माणले अन्तिम रूप लिएको भए पनि निषेधाज्ञाले कालोपत्रे गर्न नसकिएको निर्माण व्यवसायीले बताएको छ । लामो समय सरकारी उदासीनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधि आएपछि २०७५ सालमा नगरपालिकाको पहलपछि गति लिएको थियो ।

ठेक्का स्वीकृत भएको दुई वर्षपछि बसपार्क निर्माण अन्तिम चरणमा पुगेको भए पनि कालोपत्रे हुन नसकेको हो । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौँ मूल्य पर्ने जग्गा निःशुल्क दिएका थिए ।
विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रु आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक छ÷छ महिना म्याद थपिएको हो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थलको कालोपत्रेको तयारी छ । बसपार्कको ८५ प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

कोरोनाका कारण निर्माणमा केही ढिलाइ भए पनि फागुनभित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी बाँकी कामलाई तिब्रता दिइएको भए पनि पुनः निषेधाज्ञाले समस्या भएको बसपार्क निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीले जनाएको छ । रासस

२०७८ जेठ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:३९

एजेन्सी । चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको...

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:१७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि...

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३८

मुगु । नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका व्यापारीहरुले...