back

बिपी राजमार्ग मर्मतको कार्य तीव्र: २१ करोड २५ लाख विनियोजन

वर्षा याममा पनि यातायात सञ्चालन हुनसक्ने गरी अस्थायी रूपमा सडक मर्मतको काम सुरु

nactional life

नेपालथोक- गत असोज महिनामा आएको बाढीले क्षति पु-याएको बिपी राजमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढेको छ । वर्षा याममा पनि सडकमा नियमित यातायात सञ्चालन हुनसक्ने गरी अस्थायी रूपमा सडक मर्मतको सुरु भएको हो । अस्थायी सडक पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालयले आफूसँग भएका औजार उपकरणहरू प्रयोग गरी काम अघि बढाएको छ ।

बाढीले क्षति पु-याएको रोशीखोला क्षेत्रमा सडक मर्मतको कामलाई तीव्रता दिइएको छ । अहिले सडक डिभिजनका लोडर र डोजर प्रयोग गरी सडक मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी इञ्जिनियर सुदर्शन अधिकारीले जानकारी दिए ।

रोशी खोलाको बहावलाई फर्काउने, खोलाको ढुङ्गा र बालुवा निकालेर सडक क्षेत्रलाई अग्लो बनाउने, खोलामा बाँध बाँध्ने, ग्याभिनवाल लगाउने तथा खोला किनारमा अस्थायी तटबन्धन गर्ने काम तीव्र रूपमा भइरहेको उनले बताए । ‘खोलालाई गहि-याएर पठाउने र सडक उकास्ने काममा हामी लागेका छौँ, वर्षा याममा पनि सडक अवरुद्ध नहुने गरी काम भइरहेको छ’, उनले भने ।

बिपी मार्गको रोशी खोला खण्डमा बाढीले ठुलो क्षति पु-याएको छ । रोशी किनारको सडकको अधिकांश भाग बाढीले बगाएको छ । अहिले काठमाडौंबाट रामेछाप, सिन्धुली लगायत पूर्व आउने यात्रीहरूले खोला बगरको कच्ची सडकमा निकै कष्टकर र जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
बिपी राजमार्गको धुलिखेल नेपालथोक र नेपाथोक खुर्कोट खण्ड अस्थायी रूपमा मर्मतको लागि सरकारले २१ करोड २५ लाख विनियोजन गरेको छ ।

सो बजेटबाट गर्ने कामको डिजाइन भइरहेको र डिजाइन सकिएपछि लागत स्टमेट निकालेर ठेक्का प्रक्रियामा जाने अधिकारीले जानकारी दिए । ‘त्यो ठेक्का प्रक्रियामा जान्छ, अहिले भएको काम सडक विभागको आफ्नै आन्तरिक साधन र स्रोतबाट भइरहेको छ’, उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

नेपालमा वैदेशिक लगानीको बदलिँदो परिदृश्य: चीनको बर्चस्व र क्षेत्रगत आकर्षण

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:४९

काठमाडौं । नेपालको राष्ट्रिय अर्थतन्त्रमा वैदेशिक लगानी (FDI) आर्थिक विकास,...