नेप्सेमा सानिमा रिलायन्सको ७६ लाख बढि कित्ता बोनस शेयर सूचीकृत
वि.सं.२०८१ माघ ६ आइतवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ ।
आइतबार कम्पनीको १८.३८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको १८.३८ प्रतिशत बोनस बापतको ७६ लाख ९० हजार ६ सय ५२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । साथै, अब दोस्रो बजारमा भोलि अर्थात माघ ७ गते देखि कारोबारमा आउँनेछ ।
प्रकाशित समय : १६:०८ बजे





















