back

अर्थतन्त्र डुबेको छैन, हामी छौं डुब्न दिन्नौः अर्थमन्त्री पौडेल

“डेटामा चिटिङ हुँदैन। हरियो डेटा छ भने पनि सार्वजनिक हुन्छ, रातो डेटा छ भने पनि सार्वजनिक हुन्छ।”

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र र बैंक नडुबेको बताएका छन् ।

अर्थमन्त्रालयमा पत्रकार सम्मेलन बोल्दै अर्थमन्त्री पौडेलले, ‘बैंकहरू डुबेका छैनन्, अर्थतन्त्र डुबेको छैन, हामी छौं डुब्न दिन्नौ । यो कुरामा सम्पूर्णलाई विश्वास दिलाउन चाहेको बताए ।

बैंकिङको लगानी सुधारका लागि अर्थमन्त्रालय र राष्ट्र बैंक निरन्तर समन्वय गरि रहेको पौडेलले बताए । उनले अर्थतन्त्र डुबे र बैंक डुबे भन्ने सबै कुरा हल्ला मात्र रहेको प्रष्ट पारे । ‘बैंकहरु डुबे भन्ने हल्ला चलाइरहेको मान्छे छन् । अर्थमन्त्री पौडेलले भने, समस्या भए समाधान खोज्ने काम हुन्छ । तर, बैंक डुबे भन्ने छैन’।

अर्थमन्त्रीले वर्तमान आर्थिक अवस्थाका बारेमा प्रष्ट पार्दै सरकार अर्थतन्त्रलाई सही दिशा दिन प्रतिबद्ध रहेको बताएका छन्। उनले तथ्यांक सार्वजनिक गर्नमा मन्त्रालयले कुनै प्रकारको हेरफेर नगर्ने स्पष्ट गर्दै भने, “डेटामा चिटिङ हुँदैन। हरियो डेटा छ भने पनि सार्वजनिक हुन्छ, रातो डेटा छ भने पनि।” उनले सरकारको आगमनसँगै नकारात्मक आर्थिक सूचकलाई सुधार गर्दै सकारात्मक मार्गतर्फ अघि बढाइएको उल्लेख गरे।

अर्थमन्त्री पौडेलका अनुसार सरकारको प्रमुख उद्देश्यहरु पूरा गर्न अध्यादेश जारी गरिएको हो। उनले अध्यादेशका विषयमा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै यसले आर्थिक सुधार र स्थायित्वका लागि भूमिका खेल्ने धारणा राखे।

बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा समन्वयको अभावले समस्याहरु ल्याएको उनको भनाइ छ। उनले भने, “नीति तथा कार्यक्रम एक अर्थमन्त्रीले बनाउँछन्, बजेट अर्कोले र कार्यान्वयनमा तेस्रोले काम गर्छन्। यसले प्रभावकारितामा कमी आएको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

वि.सं.२०८३ साउन ४ सोमवार १३:२३

काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का...

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

वि.सं.२०८३ साउन ३ आइतवार १३:४१

काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ मा उद्योग विभागले कुल ५८...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...