साताको पहिलो कारोबार दिन सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो
वि.सं.२०८१ माघ ६ आइतवार
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक १२.५८ अंक बढेर २६०१.२१ विन्दुमा पुगेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। आज ३२५ स्टकको ७२ हजार ५४० पटकको कारोबारमा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज फाइनान्स समूहको शेयर मूल्यमा उचाई आएको छ । फाइनान्स सेक्टर २.३२ प्रतिशतले बढेको हो । नेप्सेमा सूचीकृत १५ फाइनान्स मध्ये १४ कम्पनीको बढेको छ ।
साथै, आज बैंकिङ समूहको ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.४० प्रतिशतले शेयर मूल्य बढेको छ ।
आइतबार १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ ।
प्रकाशित समय : १५:१९ बजे





















