समता घरेलु लघुवित्तले गर्यो लाभांश घोषणा
वि.सं.२०८१ पुस २५ बिहीवार
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले यो वर्ष ५.२५३१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश दिने भएको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले उक्त प्रस्तावित लाभांश पारित गरेपछि वितरण हुनेछ ।
प्रकाशित समय : १०:४९ बजे





















