सुनको मूल्य ८०० रुपैयाँ बढ्यो, प्रतितोला कति पुग्यो ?
वि.सं.२०८१ पुस २५ बिहीवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ
प्रकाशित समय : १०:४१ बजे





















