प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा कर्मचारी माग
वि.सं.२०८१ पुस २५ बिहीवार
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । कम्पनीले पोखरा शाखा कार्यालयमा २ जना, डडेल्धुरा शाखा कार्यालयमा १ जना सहायक स्तरको कर्मचारी माग गरेको छ ।
कम्पनीले माथि उल्लेखित शाखा कार्यालयमा आवद्ध हुन चाँहाने उम्मेदवारहरुलाई आवश्यक कागजातसहित कम्पनीको इमेल मार्फत आवदन दिन सक्ने जनाएको छ ।

प्रकाशित समय : ११:१७ बजे





















