back

वायुसेवा निगमको न्यारोबडी जहाज पहिलोपल्ट आन्तरिक उडानमा

काठमाडौं। नेपाल वायुसेवा निगमले पहिलोपल्ट आफ्नो न्यारोबडी जहाज आन्तरिक उडानका लागि उपयोग गर्ने भएको छ ।

असोज ११ र १२ गतेको अविरल वर्षाजन्य बाढीपहिरोबाट काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरू क्षतिग्रस्त भएकाले स्थल आवागमनमा कठिनाइ भएको सन्दर्भमा निगमले असोज २४ गते फूलपातीका दिन न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवा उडान गर्न लागेको हो ।

उक्त रूटमा निगमको ए३२० जहाजबाट उद्धार उडान गर्न लागिएको निगमले एक प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ ।

‘विगतमा न्यारोबडी जहाज आन्तरिक उडानमा टेस्ट फ्लाइटका लागि प्रयोग गरिए पनि यात्रु लिएर उड्न लागेको पहिलोपल्ट हो,’ निगमका प्रवक्ता (प्राविधिक) मनोजकुमार साहले भने, ‘अन्तरराष्ट्रिय उडान तालिकामा खाली रहेको समय निकालेर भैरहवा उडान गर्न लागिएको हो ।’ यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले न्यारोबडी जहाजबाट यात्रुलाई गन्तव्यमा पुर्‍याउन निगमलाई निर्देशन दिएका थिए ।

निगमका अनुसार काठमाडौंबाट भैरहवाको उडान बिहान ११ बजे हुनेछ भने भैरहवाबाट दिउँसो १२ बजेर ३० मिनेटमा जहाज काठमाडौं फिर्ता आउनेछ । ‘सोमवार साँझसम्म जहाजको १५८ सिटको बुकिङ लगभग भइसकेको छ,’ साहले भने । निमगले काठमाडौं–भैरहवाका लागि प्रतियात्रु ७ हजार रुपैयाँ भाडा तय गरेको छ । भैरहवाबाट काठमाडौं आउने टिकटको मूल्य ३ हजार ८९० रुपैयाँ तोकेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

नेपालको जीडीपीमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत योगदान

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३९

काठमाडौं । नेपालमा आन्तरिक पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित...

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

वि.सं.२०८३ असार ७ आइतवार १४:४१

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड...

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

वि.सं.२०८३ असार ३ बुधवार १८:३५

काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण...

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२१

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने...

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...