back

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

मानवीय क्षतिसँगै अर्बाैंको पूर्वाधारमा क्षति पुगेकाे छ । हजारौं परिवारको बिचल्ली बनाएको छ ।

काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर अविरल वर्षाका कारण देशका अधिकांश ठाउँ बाढी-पहिरो र डुबानमा परे । बाढी-पहिरोमा परी हालसम्म २४६ जना बढीको ज्यान गएको छ । साथै १७८ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता छन् । सबैभन्दा धेरै बागमती प्रदेशमा १३९ जनाको मृत्यु भएको छ ।

मानवीय क्षतिसँगै अर्बाैंको पूर्वाधारमा क्षति पुगेकाे छ । हजारौं परिवारको बिचल्ली बनाएको छ । हजारौंका घर बगाएर सर्वसाधारणहरू खुला आकाशमा बस्न बाध्य भएका छन् । देश बाढी-पहिरोको संकटमा परेका बेला सरकारले राहत तथा उद्धारका कार्य गरिरहेको छ । सबैलाई सार्वजनिक रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सरकारले आह्वान गरेको छ ।

त्यही आह्वानलाई आधार मानेर संघसंस्थाहरू निरन्तर सहयोग गरिरहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ५७ करोड ९७ लाख ७३ हजार रुपैयाँ जम्मा भएको छ । एक साताको अवधिमा विभिन्न संघसंस्थाले कोषमा २० करोड रुपैयाँ सहयोग गरेका छन् । सहयोग गर्ने संस्था बढिरहेकाले आगामी दिनमा रकम बढ्न सक्ने देखिन्छ ।

कुन सस्थाले कति सहयोग गरे ?

सिटिजन्स बैंकले २५ लाख सहयोग

सिटिजन्स बैंकले बाढी पहिरो पीडितका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । अविरल वर्षाले बाढी, डुवान, पहिरोका कारण देशका विभिन्न स्थानहरूमा ठूलो धनजनको क्षति भएपछि राहतस्वरूप बैंकले २५ लाख रुपैयाँ सहयोग गरेको हो । बैंकले असोज १४ गते उक्त रकम कोषमा जम्मा गरिसकेको छ ।

भाटभटेनीको १ करोड ११ लाख रुपैयाँ

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । उनले प्रधानमन्त्री ओलीमार्फत उक्त सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरेका हुन् । अविरल वर्षाका कारण हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गरेको अध्यक्ष गुरुङले बताए । उक्त रकम असोज १५ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको २ करोड रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंकले भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुबानबाट प्रभावित तथा पीडितका लागि २ करोड रुपैंयाँ सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष दिलीपकुमार ढुंगानाले प्रधानमन्त्री ओलीलाई उक्त रकम बराबरको चेक रकम हस्तान्तरण गरेका हुन् । उक्त रकम असोज १५ गते जम्मा भएको कोषले जनाएको छ ।

कृषि विकास बैंकको १ करोड ५० लाख रुपैयाँ

कृषि विकास बैंकले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभरि आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि बैंकले उक्त रकम सहयोग गरेको हो । बैंकका अध्यक्ष रामशरण पुडासैनी, सञ्चालक दीर्घराज मैनाली र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङ लगायतको उपस्थितमा प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण गरिएको हो ।

आइएमई ग्रुपको ५ करोड रुपैयाँ

आइएमई ग्रुपले हालै आएको बाढी, पहिरो र विपदमा सहयोग पुर्याउन ५ करोड रुपैयाँ रकम सहयोग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमई बैंक, आइएमई ग्रुप र आबद्ध कम्पनीका तर्फबाट ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो ।

प्रभु समूहको १ करोड ७५ लाख रुपैयाँ

प्रभु समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री ओलीलाई १ करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । प्रभु समूहअन्तर्गत प्रभु बैंक, प्रभु महालक्ष्मी लाइफ, प्रभु क्यापिटल र प्रभु इन्सोरेन्स रहेका छन् ।

नेपाल बैंकको २ करोड रुपैयाँ सहयोग

नेपाल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चेक हस्तान्तरण गरेका हुन् ।

प्राइम बैंकले ३१ लाख रुपैयाँ सहयोग गर्ने

प्राइम कमर्सियल बैंकले बाढीपहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले सहयोगको घोषणा गरेको हो । बैंकका तर्फबाट बाढी पीडितहरूको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने बैंकले जनाएको छ ।

नागरिक लगानी कोषको ५१ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल एसबिआई बैंकको २५ लाख सहयोग

नेपाल एसबिआई बैंकले पहिरो र बाढीबाट प्रभावितलाई राहत स्वरूप प्रधानमन्त्री विपद् राहत कोषमा २५ लाख रूपैयाँ योगदान गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी चेक हस्तान्तरण गरेका हुन् ।

एनएमबी बैंकको कोषमा ५१ लाख सहयोग

एनएमबी बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत र बिग्रिएका, भत्किएका संरचनाको पुनर्निर्माण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

निर्माण व्यवसायी विकास परिषद्को १ करोड रुपैयाँ

नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेकमार्फत सो रकम हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतले उक्त चेक हस्तान्तरण गरेका हुन् ।

कांग्रेसको ५० लाख सहयोग

नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

एनआरएनएको १ करोड रुपैयाँ सहयोग गर्ने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले १ करोड रूपैयाँ सहयोग गरेको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्री केसीले पहिलो चरणमा बाढीपीडितका लागि १ करोड रूपैयाँ सहयोग गरेको जनाएका हुन् ।

यस्तै, नेपाल इन्स्योरेन्सले ५० लाख, मेटलाइफ इन्स्योरेन्सले २५ लाख र ओरिएन्टल इन्स्योरेन्सले २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

यस्तैगरि युनिलिभर नेपालले २० लाख ,राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १ लाख ५८ हजार , हरि नारायणशर्माले १ लाख १ हजार , अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ८९ हजार , दिनेश पौडेलले ५० हजार रविन्द्र नेपालीले १० हजार गोपाल बहादुर खड्काले ७ हजार र अन्य व्यत्तिबाट २ लाख छ हजार सहयोग गरेका छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...