सानिमा बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
वि.सं.२०८१ असोज २२ मंगलवार
काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग गरेको छ ।
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बैंकले राहत कोषको खाता रहेको राष्ट्रिय वानिज्य बैंकको खातामा हालेको हो ।
प्रकाशित समय : १२:५२ बजे






















