back

सरकारको चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा

काठमाडौं । गत चैतसम्ममा सरकारको चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष आव २०७६-७७ को सोही अवधिमा चालु खाता रु.१ खर्ब २६ अर्ब ९ करोडले मात्र घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले घाटामा रहेको चालु खाता यसपालिको साउनदेखि चैतसम्मा १ अर्ब ७७ करोडले घाटामा रहेको छ ।

चालू आर्थिक वर्षको सुरुको केही महिना धनात्मक रहेको चालू खाता निरन्तर घाटामा गएको हो । पेट्रोलियम पदार्थ, सवारीसाधन, औद्योगिक सामग्रीलगायतको आयात उच्च बनेका कारण घाटा बढ्दै गएको हो ।

चालू खातामा वस्तु तथा सेवा निर्यातबाट प्राप्त रकम, वैदेशिक रोजगारीबाट आउने विप्रेषण, सरकार, व्यक्ति तथा संघ–संस्थालाई प्राप्त हुने दान, उपहार, चन्दा, वैदेशिक लगानीको ब्याज, बहाल, भाडा र नाफाबाट प्राप्त हुने आय एवं विदेशमा सेवा गरेबापतको पेन्सन जस्ता रकमहरू जम्मा हुन्छन् ।

रु.४२ अर्ब ५४ करोडले शोधानान्तर बचतमा

आयातको भुक्तानी पनि यही खाताबाट हुने हुनाले बचतभन्दा बाहिरिने रकम बढी भइरहेको छ । नेपालीलाई विदेशमा लगानी गर्न औपचारिक अनुमति नभएकोले यस क्षेत्रबाट चालू खातामा आम्दानी हुनसकेको छैन । विप्रेषण र निर्यातबाट हुने आय नै यस खाताको प्रमुख स्रोत हो ।

यस अवधिमा शोधनान्तर स्थिति भने रु.४२ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३६ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको छ ।

कोभिड–१९ का कारण वैदेशिक व्यापार संकुचन हुँदा आयातमुखी नेपालको शोधानान्तर बचत बढेको छ ।

कुनै निश्चित अवधिमा विदेशी मुद्रा खर्चभन्दा आर्जन बढी हुनु शोधनान्तर बचत हो । निश्चित समयावधिभित्र आवासीय र गैर–आवासीय व्यक्ति÷संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा वाह्य क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ ।

९ महिनाको अवधिमा पुँजीगत ट्रान्सफर १०.७ प्रतिशतले वृद्धि भई रु.१२ अर्ब ८६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी आई रु.१२ अर्ब ३५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब ४८ करोड रहेको थियो ।

९ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.१० प्रतिशत छ । यसको अर्थ चैतमा ३ प्रतिशतले मात्र मूूल्य वृद्धि भएको संकेत दिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ९ महिनामा आयात १३.१ प्रतिशतले र निर्यात २०.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशतले र अमेरिकी डलरमा १३.० प्रतिशतले बढेको छ ।

कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ९६ करोड अमेरिकी डलर रहेको छ । यस अवधिमा संघीय सरकारको खर्च रु.६९० अर्ब २८ करोड र राजस्व परिचालन रु.६८३ अर्ब ८७ करोड छ ।

२०७७ असार मसान्तमा रु.१४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०७७ चैत मसान्तमा रु.१४ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.७ प्रतिशतले वृद्धि भई ११ अर्ब ९६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.२ प्रतिशतले वृद्धि भई रु.१२ खर्ब ५३ अर्ब १७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.५ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ८० अर्ब १० करोड पुगेको छ । २०७७ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.४ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०७७-७८ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.९ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.६ प्रतिशत, ८९.९ प्रतिशत र २९.७ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

कुल आन्तरिक कर्जा
आर्थिक वर्ष २०७७-७८ को नौ महिनामा कुल आन्तरिक कर्जा १६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा ९.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ चैत मसान्तमा यस्तो कर्जा २१.१ प्रतिशतले बढेको छ ।

आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्ममा कुल आन्तरिक कर्जा १६.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

गत आवको अवधिमा कुल आन्तरिक कर्जा ९.१ प्रतिशतले बढेको थियो भने वार्षिक बिन्दुगत आधारमा चैत मसान्तमा यस्तो कर्जा २१.१ प्रतिशतले बढेको छ ।यो समाचार राजधानी दैनिकमा छ ।

२०७८ वैशाख ३१ गते प्रकाशित ।

nactional life
Corporatebazar 11 Anniversary

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:१७

काठमाडौं । निर्वाचन आयोगले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित, मितव्ययी...

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक कोष व्यवस्थापन अन्तर्गत...

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०१

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र...

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई...

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...