back

युनिभर्सल पावरको नाफा ५६.५७ प्रतिशतले घट्यो, यस्ता छन् अन्य सूचक

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा युनिभर्सल पावर कम्पनीको नाफा ५६.५७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा ४ करोड २३ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको समिक्षा आवधिमा यस्तो नाफा घटेर १ करोड ८४ लाख रुपैयाँमा झरेको हो ।

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी घटेसँगै नाफामा गिरावट आएको देखिन्छ । गत वर्ष ६ करोड २० लाख रुपैयाँ अन्य स्रोतबाट आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर २ करोड ८१ लाख रुपैयाँमा झरेको छ ।

युनिभर्सल पावरले अझै विद्युत उत्पादन गर्न भने सकेको छैन । कम्पनीका अनुसार कम्पनीको हालसम्म निर्माण कार्य नै ९८प्रतिशत मात्रै सकिएको छ । यसअघि निर्धारित योजना अनुसार काम सम्पन्न हुन नसक्नुमा २०७७ सालमा खारे खोलामा आएको बाढी लगायतका अन्य कारण रहेका छन् । बाढीका कारण आयोजनाको ट्रान्समिसन लाइन, इलेक्ट्रो मेकानिकलको निर्माण कार्यपूर्व योजना बमोजिम हुन नसकेको कम्पनीको भनाइ छ । हाल यस जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ ।

हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ९२ लाख रुपैयाँ छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ १७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ६८ पैसा रहेको छ ।

यसले दोलखा जिल्लामा अवस्थित खारे खोलामा निर्माण गरिरहेको ११ मेगावाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । त्यसैगरी, कम्पनीले माथिल्लो इङ्खु खोला जलविद्युत आयोजनाको पनि अध्ययन गरिरहेको छ । यस्तै, ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी सम्झौता गरिसकेको छ ।

२०७८ वैशाख ३१ गते प्रकाशित


melung
नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

वि.सं.२०८० भदौ १ शुक्रवार १४:२१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड...

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

वि.सं.२०८० साउन ३१ बुधवार १०:२७

काठमाडौँ। मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । हिजो बसेको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

वि.सं.२०८० साउन ३१ बुधवार १०:१६

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...